सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश स्तरीय सुरक्षा गोष्ठी धनगढीमा (भिडियो सहित)

२०७५ जेठ ९, १२:१६

प्रदेश नम्बर ७ मा प्रदेश स्तरीय सुरक्षा गोष्ठी धनगढीमा भईरहेको छ । केन्द्रिय सरकारका गृहमन्त्री रामवहादुर थापा वादल सहित प्रदेकाका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह सहित तीन वटै सुरक्षा निकायका प्रमुख, प्रदेश नम्वर ७ का सवै जिल्लाका तीन वटै निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीको सहभागीतमा सुरक्षा गोष्ठी भईरहेको छ ।  आज दिनभर चल्ने गोष्ठीको विहान ९ वजे गृह मन्त्री थापाले उद्घाटन गरेका थिए ।

प्रदेश ७ को सुरक्षा अवस्थाको वारेमा सवै सुरक्षा अधिकारीहरुले वर्तमान वस्तुस्थितिको वारेमा जानकारी गराईरहेका छन । सुरक्षा गोष्ठीमा सुरक्षा सर्तकताका लागि अपनाउनुपर्ने नयाँ रणनिति तयार पारिनुका साथै गृहमन्त्री थापाले मातहतका सवैलाई शान्ति सुरक्षा कायम गराउनका लागि निर्देशन पनि दिनेछन । गोष्ठीको निष्कर्ष आज साँझ कार्यक्रम सम्पन्न भएपछि सार्वजनिक गरिने प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले वताए ।

सुरक्षा गोष्ठीमा गृह मन्त्री थापासँगै गृह सचिव प्रेम कुमार राई, प्रदेशका गृह मन्त्री प्रकाश बहादुर शाह, प्रमुख सचिव लक्ष्मीराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाली सेना पृतनापति, प्रदेश कार्यालयका सचिव, नौ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता छ । 

 

कमेन्ट लोड गर्नुस