सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्वर ७ मा विकास निर्माणमा लापरवाही गर्ने ठेकेदारहरुलाई छोडिदैन्ः गृहमन्त्री थापा (भिडियो सहित)

२०७५ जेठ ९, १२:२६

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रदेश नम्बर ७ मा विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई पनि कारबारही गरिने बताएका छन । प्रदेश नम्वर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी आएका गृह मन्त्री थापाले आज विहान आयोजित पत्रकार सम्मेलनमा विकास निर्माणको जिम्मेवारी निर्माण व्यवसायीलाई दिईएकोले समयमै काम नगर्नु कानुनको उल्लंघन भएको मानिने वताएका हुन । विकास निर्माणका काममा ढिलासुस्ती गर्ने भष्टाचार धाँधली अलपत्र छोड्नेलाई राज्यले छोड्दैन उनले भने– सहमति अनुसार नै अगाडी वढ्नुपर्छ । यो प्रदेशमा पनि यसको थालनी हुन्छ । 

गृहमन्त्री थापाले विभिन्न क्षेत्रमा कायम रहेका सिण्डीकेटहरु हटाउने तयारीमा लागेको वताए । उनले यातायात क्षेत्रको सिण्डीकेटमा यो अभियानको थालनी गरेको र अव अन्य क्षेत्रमा रहेका एकाधिकारहरु पनि तोड्ने दावी गरे । विभिन्न क्षेत्रमा मौलाएको डनगिरीलाई पनि अव सरकारले वाँकी नराख्ने उनको भनाई छ । ‘अहिले अपराधीहरु अन्तिम छटपटीमा छन उनले भने– अवका दिनमा सवै प्रकारका अपराधहरुको अन्त्य गर्ने दिशातिर हामी अग्रसर भएका छौं । प्रदेश नम्वर ७ मा मौलाएको लागु औषध र अपराधिक गतिविधिलाई पनि निरुत्साहित पार्नका लागि सवैले सहयोग गर्नुपर्ने र त्यसका लागि पछि नहट्ने थापाको भनाई छ । 

तस्करीमा ओसार पोसार गर्नेहरु मात्रै पक्रिने गरेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा अव तस्करीकै नाईकेलाई पक्राउ गर्ने अभियान सञ्चालन भईसकेको वताए । गृह मन्त्री थापाले भने– मालिकलाई पक्राउ गर्न थालेको वारेमा उदाहरणका रुपमा सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई लिन सकिन्छ । अव अपराधिक र तस्कर कोही वँच्ने वाला छैनन् ।  उनले अव सुन तस्करीमा संग्लन भएकाहरु पनि समातिने वताए । अब सुन तस्करीमा लागेका ठूलो माछा पनि समातिने बताउँदै राजनितिक दलका नेतादेखि प्रहरीसम्म कोही पनि कानुन कारवाहीवाट छुटकारा नपाउने जिकिर गरे । 

 

कमेन्ट लोड गर्नुस