सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट धनगढी आईरहेको बस दुर्घटना, ३२ घाईते (नामावली सहित )

२०७५ जेठ १०, १०:४४

काठमाडौंबाट धनगढी आईरहेको बस नवलपरासीमा दुर्घटना हुदा ३२ जना घाईते भएका छन्। काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४ ५६ नम्बरको बस बुधबार राति अनियन्त्रित भै सडकबाट १० मिटर तल खस्दा ३२ जना घाइते भएका हुन्। घाइते सबैको पुरानो मेडिकल कजेल भरतपुरमा उपचार भैरहेको छ। 

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएकाहरुको विवरण यस्तो छ।

१. जि.कैलाली लम्किचुहा नगरपालिका २ बस्ने वर्ष ४० को कुमार खत्री । टाउको र हातमा चोट । अवस्था मध्यम ।
२.ऐ.ऐ बस्ने वर्ष १७ की स्वतिका खत्री । दायाँ हात र टाउकोमा चोट । अवस्था मध्यम
३. धनगडी उपमहानगरपालीका ५ बस्ने बर्ष ४२ की हरीकला बोहोरा । दायाँ हात र बायाँ खुट्टामा चोट । अवस्था मध्यम ।
४. घोडाघोडी नगरपालिका ५ बस्ने वर्ष ४० की बनस्पती देवी चौधरी । अनुहार र हातमा चोट । अवस्था गम्भीर ।
५.ऐ.ऐ बस्ने वर्ष ३७ को रामचन्द्र चौधरी । मुखमा चोट । अवस्था मध्यम
६. कैलाली जोशीपुर गाउपालिका ४ बस्ने वर्ष १८ की माया चौधरी । दुवै हात, खुट्टा र निधारमा चोट । अवस्था मध्यम ।
७. लम्कीचुहा ७ बस्ने वर्ष २८ को रमेश भुल । बायाँ खुट्टा र निधारमा चोट । अवस्था मध्यम ।
८. बैतडी पाटन नगरपालिका ६ वर्ष ३५ को प्रताप सिंह भाट । ढाड र दाईने हातमा चोट । अवस्था मध्यम
९. घोडाघोडी न.पा. ९ बस्ने वर्ष २४ को किसन चौधरी । ढाड र दायाँ हातमा चोट । अवस्था मध्यम
१०. धनगडी उपमहानगरपालिका ५ बस्ने वर्ष ३९ की तारा वोगटी । दायाँ हातमा चोट । अवस्था सामान्य ।
११. घोडाघोडी न.पा.१० बस्ने वर्ष १८ को उमेश चन्द ।  टाउको र दायाँ हातमा चोट । अवस्था मध्यम ।
१२. टिकापुर १ बस्ने वर्ष १८ की लक्ष्मी शर्मा । टाउकोमा चोट । अवस्था मध्यम ।
१३.ऐ.ऐ बस्ने वर्ष २१ की रोशनी तिवारी । छातीमा चोट । अवस्था मध्यम ।
१४. जि.मोरङ बेलवारी ३ बस्ने वर्ष ४० की बिना मगर । ढाडमा चोट । अवस्था मध्यम ।
१५. धनगढी उपमहानगरपालिका ७ बस्ने वर्ष १७ की भावना सिंह । टाउकोमा चोट । अवस्था मध्यम
१६.टिकापुर नगरपालिका १ बस्ने वर्ष २२ की देवकी धिताल । टाउकोमा चोट । अबस्था मध्यम
१७. जि.कैलाली कैवापुर ७ बस्ने वर्ष ३५ को टिकाराम बुढा क्षेत्री । टाउको र ढाडमा चोट । अवस्था मध्यम ।
१८.जि.बाँके ढकेरी गा.पा. ९ बस्ने वर्ष १६ क शिशिर ओली । अवस्था मध्यम ।
१९.जि.कैलाली लम्कीचुवा न.पा.६ बस्ने राम बिष्ट । अवस्था मध्यम
२०.जि.कैलाली लम्की न.पा. ५ बस्ने वर्ष ३५ को श्याम चौधरी । दाईने खुट्टा र दाईने आँखामा चोट । अवस्था गम्भीर ।
२१.ऐ.ऐ २ बस्ने वर्ष २२ का शमिर शाह । छाती र ढाडमा चोट । अवस्था मध्यम ।
२२.जि. कैलाली चौमाला १ बस्ने वर्ष २० को केशब बम । दाईने हात र खुट्टामा चोट । अवस्था मध्यम ।
२३.जि.कैलाली भजनी ५ बस्ने वर्ष २७ को दिलबहादुर चौधरी । दाईने खुट्टा र बायाँ हातमा चोट । अवस्था मध्यम
२४.जि.कैलाली लालपुर ५ बस्ने वर्ष ३५ की निर्मला पनेरु । छाती र ढाडमा चोट । अवस्था मध्यम ।
२५०जि। छाम चनामी भण्डारी बस्ने वर्ष १८ को भजन शाही । टाउको र दायाँ खुट्टामा चोट । अवस्था मध्यम ।
२६.जि. कञ्चनपुर ब्रमदेब ९ बस्ने वर्ष ३० को लालबहादुर बिष्ट । टाउको र छातीमा चोट । अवस्था मध्यम ।
२७.जि.कैलाली टिकापुर न।पा। २ बस्ने वर्ष ३७ को झिल्के चौधरी । टाउको र ढाडमा चोट । अवस्था मध्यम
२८.जि.मकवानपुर चित्लाङ बस्ने वर्ष ४६ को किशोर गोपाली छाती र मुखमा चोट । अवस्था गम्भीर ।
२९.जि.कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने वर्ष १६ को दिपक पनेरु । घाँटी र पिठ्युँमा चोट । अवस्था मध्यम ।
३०.जि.कैलाली धनगढी महागरपालिका ५ बस्ने वर्ष १४ की हिमानी बोगटी दायाँ खुट्टामा चोट । अवस्था सामान्य
३१. ऐ.ऐ बस्ने वर्ष १८ की मिना बोहोरा । कम्मरमा चोट । अवस्था मध्यम ।
३२.ऐ.ऐ बस्ने कैरारी गा.पा.६ बस्ने वर्ष २१ का नरेश कुमार चौधरी । टाउकोमा चोट । अवस्था सामान्य ।
 

कमेन्ट लोड गर्नुस