सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले माग पुरा नगरे फेरि अनसन बस्ने बन्दीहरुको चेतावनी

२०७४ फाल्गुन २८, ०६:३८

टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका बन्दीहरुले, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी रेशलाल चौधरीलाई प्रमाणपत्र र सपथ दिलाउनुपर्ने सहितका तीन बँदे माग राख्दै गरेको ९ दिन देखिको आमरण अनसन सोमबार तोडेका छन ।

कारागार प्रशासन र कैदी आन्दोलन समितिबीच चार बँदे सहमति भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अनसरत बन्दीहरुलाई जुस खुवाएर अनसन तोडेका छन ।

रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेछि उनलाई कैलाली कारागार पठाइएको केही दिनपछि रेशम सहित त्यहाँ रहेका राजपाका नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी सहितका २४ जना बन्दीहरुले फागुन २० गते बेलुकी ४ बजेदेखि आमरण अनसन सुरु गरेका थिए ।

चार बुँदे सहमति पछि बन्दीहरुले अनसन तोडेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउ ।

सोमबार थारु अगुवाहरु, विभिन्न राजनीतिक दलहरुको प्रयासमा चार बुँदे सहमति गरेर अनसन स्थिगित गरिएको हो ।

दुबै पक्षबीच कैलालीको टीकापुर घटनाको आरोपमा आदालतमा आत्मसमर्पण गरेका रेशम चौधरीलाई विजयको प्रमाणपत्र र सपथका बारेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रतिनिधि सभा सभामुखको सचिवालय, तथा संघीय संदद सचिवालयमा अयथासिघ्र जानकारी गराउने सहमति भएको छ ।

जेलमा रहेका लक्ष्मण चौधरीले भने आफुहरुले १५ दिनका लागि आमरण अनसन स्थगित गरेको र राज्यले १५ दिनभित्र राज्यले सुनवाई नगरे पेरि जेलभीत्रै आन्दोलन गर्ने चेतावनी दिए ।

कमेन्ट लोड गर्नुस