सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभा निमयमावलीको मस्यौदा तयार

२०७४ फाल्गुन २६, १०:४३

प्रदेश सभामा पहिलो पटक मस्यौदाका रुपमा ‘प्रदेश सभा निमयमावली २०७४’ टेबुल हुने भएको छ । प्रदेश सभा सदस्य लिलाधर भट्टको अध्यक्षतामा गठित प्रदेश सभा नियमावली मस्यौदा समितिले पाँच दिनको छोटो समयमै नियमावलीको मस्यौदा बनाएर शुक्रबार प्रदेश संसद सचिवालयमा दर्ता गरेको छ ।

मस्यौदा समिति गठन भएको पाँचौं दिनमै प्रदेश सभाका सदस्यहरु, कानुनविदको सल्लाह लिएर मस्यौदा तयार पारिएको हो । फागुन २० गते बसेको प्रदेश सभाको बैठकले प्रदेश सभा सदस्य लिलाधर भट्ट, पुर्णा जोशी, महेशदत्त जोशी, टेकबहादुर रैका र कृष्ण चौधरी लाई नियमावली मस्यौदता समितिका सदस्य चयन गरेको थियो ।

त्यसको भोलीपल्ट फागुन २१ गते भट्टलाई नियमावली मस्यौदा समितिको अध्यक्ष तोकिएको हो । सदस्यहरु आफैले अध्यक्ष तोक्नुपर्ने प्रावधान रहेको छ । संसद सचिवालयमा शुक्रबार दर्ता भएको नियमावली शनिबारका लागि तोकिएको संसद बैठकमा छलफलका लागि टेबुल हुने मस्यौदा समितिका अध्यक्ष लिलाधर भट्टले बताए ।

४१ पन्नाको मस्यौदामा आगामी ५ वर्षका लागि संसद सञ्चालनका विधीहरु, सभामुख, उपसभामुख, प्रमुख सचेतक, विपक्षी दलको नेताका समेत काम कर्तब्य र अधिकार तोकिएका छन । संसदको मातहतका समितिहरु, कानुन निर्माणको प्रकृया र संसद सचिवालयका गतिविधिहरु पनि मस्यौदामा समेटिएका छन ।

फागुन २६ गतेको प्रदेश सभा बैठकमा उक्त मस्यौदा पेश हुने र त्यसपछि दफावार छलफल हुने अध्यक्ष भट्टले बताए । संसदको बैठकमा छलफल पछि सभामुखले उक्त नियमावली प्रमाण्णित गर्ने संबैधानीक ब्यवस्था छ । यसअघि माघ २१ गते बसेको प्रदेश सभाको पहिलो बैठकले यो निमावयली नबन्दा सम्मका लागि अन्तरिम कार्यविधि पास गरेको थियो । यो नियमावली पास भएसँगै अन्तरिम कार्यविधि स्वतः खारेज हुने प्रावधान छ ।

कमेन्ट लोड गर्नुस