सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस गोदावरीद्धारा नगर प्रमुखलाई ज्ञापन

२०७५ साउन २५, ०५:१३

विभिन्न मागहरु राख्दै नेपाली कांग्रेस गोदावरी नगर समितिले गोदावरी नगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा करमा भएको बृद्धि फिर्ता हुनुपर्ने, जग्गाको मुल्याड्कन बैज्ञानिक तरिकावाट गर्नुपर्ने, छाडा पशुचौपायको ब्यबस्थापन गर्नुपर्ने, छाडा पशुचौपायको ब्यबस्थापनमा भएको खर्चको विवरण जनतामाझ सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

यस्तै ढल निकास, नदी कटान लगायतका समस्या समाधन गर्नुपर्ने भन्दै मेयर हरिसिंह साउदलाई ज्ञापन पत्र बुझाईएको कांग्रेस नगर सभापति हेमप्रकास उप्रेतीले बताउनुभयो ।

कमेन्ट लोड गर्नुस