सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपराध नियन्त्रणका लागि कडा कानुन बनाउछौ : मुख्यमन्त्री भट्ट

२०७४ चैत्र १, ०२:१५

प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकृतीका विरुद्ध प्रदेश संसदले कडा कानुन बनाउने बताएका छन्। धनगढीमा नेपाल प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले समाजले स्वीकृत गरेका अपराध नियन्त्रणका लागि कडा कानुन बनाउनका साथै चेतनाको स्तर बढाउनका लागि पनि प्रदेश सरकारले पहल गर्ने बताए।

प्रदेश सरकारले पुर्णता पाएको एक महिना पुग्नै लाग्दा समेत जनताको आशा अनुसार काम गर्न नसकीएको मुख्यमन्त्री भट्टले स्वीकार गरे। उनले पहिलो महिनमा प्रदेशको व्यवस्थापनमै समय वितेकाले छिट्टै प्रदेश सरकारले जनतालाई अनुभुती हुने गरी काम गर्ने बताए।

उनले काठमाडौ भ्रमणमा प्रधानमन्त्रि सहित केन्द्रिय मन्त्रीहरुसंग प्रदेश नम्वर ७ को समस्याका विषयमा छलफल गरेको बताए।

कमेन्ट लोड गर्नुस