सुदूर नेपाललाई विश्वसँग जोड्दै

सनमले मनाइन बर्थ डे

२०७५ भदौ ५, ०७:५९

  नवअभिनेत्री सनम मल्ल अचेल निकै दौडधुपमा छिन् । आफ्नो डेब्यु फिल्म रेनीको प्रचारप्रसारमा खटिइरहेकी उनले  राजधानीमा विशेष कार्यक्रमका बीच आफ्नो जन्मदिन मनाइन् ।
आगामी शुक्रबार अर्थात् ८ भदौमा रिलिज हुन लागेको रेनीकी उनी प्रमुख हिरोइन, स्क्रिप्ट राइटर तथा गीतकारसमेत हुन् ।
फिल्मको प्रमोसनमा व्यस्त हुँदाहुँदै पनि समय मिलाएर जन्मदिनको पार्टी दिएको उनले बताइन् ।
 ‘फिल्म प्रमोसनमा खटिइरहेकीले खासै तयारी गर्न सकिएन । तर, पनि बर्थ डे पार्टीचाहिँ आयोजना गरियो,’ आफूले तिथिअनुसार जन्मदिन मनाएको बताए पनि उनले उमेर भने खुलाइनन् । बर्थ डे पार्टीमा सञ्चारकर्मी, रेनी युनिट तथा पारिवारिक सदस्यको बाक्लै उपस्थिति थियो ।
विमला मल्ल र सञ्जीव मल्ल निर्माता रहेको त्रिकोणात्मक प्रेमकथाको रेनी गिरीश रिजालले निर्देशन गरेका हुन् । 
फिल्ममा सनमका साथमा दीपक ढकाल, सरोज खनाल, टंक डुम्रे, शूरवीर पण्डित, विजय तिखातारीलगायत कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट लोड गर्नुस