सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १४ मा रमिता

२०७५ भदौ ५, ०७:५४

  त्रिकोणात्मक प्रेमकथानक रमिता फिल्मको चुपचाप बोलको गीत आइतबार सार्वजनिक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मलाई रञ्जितकुमार क्षेत्रीले निर्देशन गरेका हुन् ।
म्युजिक नेपालको युट्युबमार्फत सार्वजनिक गीतमा दिलीप रायमाझी, रजनी केसी र सन्दीप बुर्लाकोटी फिचर्ड छन् । 
मुस्ताङका रमणीय स्थानमा खिचिएको गीत प्रमोद खरेल र स्मृति शाहीले गाएका हुन् । प्रह्लाद सुवेदीको शब्द रहेको गीतमा एकनारायण भण्डारीको संगीत छ ।
मञ्जुश्री फिल्म्सको ब्यानरमा ईश्वरी कँडेल र निर्देशक क्षेत्री स्वयं निर्माता रहेको रमिता शिवराम श्रेष्ठले खिचेका हुन् ।
 फिल्ममा दिलीप, रजनी, सन्दीपका साथमा शूरवीर पण्डित, प्रह्लाद सुवेदी, सविन बास्तोला, विनोद श्रेष्ठ, मिथुन खत्री, ईश्वर कँडेललगायत कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट लोड गर्नुस