सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलसँग आएपछि बल्ल माया पाएँ-आँचल

२०७५ भदौ ५, ०८:०१

 अभिनेता पल शाहले आँचल शर्मा अभिनित सिनेमा ब्ल्याक हेरेका छन् । यस कार्यक्रममा पल र आँचलको ड्रेस कलर एउटै देखिनुले निकै नै चर्चा पायो । 
उनीहरुले सल्लाह गरेर एउटै कलरको ड्रेस लगाएर हल पुगेको चर्चा भयो तर उनीहरुले भने संयोगबस आफ्नो ड्रेसको कलर मिलेको बताए ।
पल शाहले यही मेसोमा मिडियासँग सुदर्शन थापाको सिनेमाग र्ने कुरामा पनि बोल्ने मौका पाए । शाहले सुदर्शन थापाको सिनेमा पहिले नै साइन गरेर बसेको बताएका छन् । 
उनका अनुसार सिनेमा कहिलेदेखि फ्लोरमा जाने भन्ने कुरा मात्र फाइनल गर्न बाँकी छ ।
तर सुदर्शन थापाले भने सिनेमाका बारेमा केही पनि बोल्न नचाहेका कुराहरु मिडियामा आएपछि पलले यो सिनेमामा आफू हुन पनि र नहुन पनि सक्ने बताए ।
पलसँगै रहेकी आँचल शर्माले पनि यही समयमा अभिनेत्री पूजा शर्मासँगको विवादबारे बोलेकी छिन् । उनले आफूले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस पूजालाई नभएको स्पष्ट पारिन् ।
आँचलले पूजालाई स्ट्याटस लेखेको भन्दै नकारात्मक कमेन्टको वर्षा लागेपछि उक्त स्ट्याटस डिलिट गरेकी थिइन् । तर उनले भने आफ्नो सिनेमा‘ब्ल्याक’ रिलिजको संघारमा रहेका कारण त्यो स्ट्याटस डिलिट गरिन् ।
 किनभने आफ्नो बारेमा नकारात्मक कमेन्टहरु आउनु भनेको सिनेमाको कारोबारमा असर पर्नु हो भन्ने आँचलको बुझाई थियो । 
स्ट्याटस डिलिट गरे पनि आँचलले त्यो स्ट्याटसका कारण धेरै दिनसम्म आलोचना खेपिन् । उनलाई धेरैले विरोध गरे ।
यहीबीच उनी अभिनेता पल शाहसँग मिडियामा आइन्  । पहिले नकारात्मक प्रतिकृयाहरु दिइरहेका दर्शकहरुले नै फेरि पलको साथमा देखेपछि आँचललाई सकारात्मक रुपमा प्रतिकृयाहरु दिन थाले । यसले आँचललाई केही हदसम्म राहत दियो ।
पल शाहले आफूलाई सधैँ सपोर्ट गर्ने भन्दै आँचलले पललाई धन्यवाद पनि दिन भ्याइन् । उनले पलसँग मिडियामा आएपछि मात्रै दर्शकले आफूलाई सकारात्मक प्रतिकृया दिएको र माया दिएको बताइन् ।
स्ट्याटसबारे आँचलले अगाडि थपिन्, ‘मैले लेखेँ तर मैले लेखेको  स्ट्याटस मिडियाले पूजालाई लेखिन् भनेर लेखिदिनुभयो । मैले डिलिट गरेँ मिडियाले नै आँचल डराइन् भनिदिनुभयो ।  
मैले त्यो आफैलाई परेको घटनालाई समेटेर लेख्या पनि हुन सक्छ । हो म हिजो भर्खर उम्रेको हो । म भर्खर ६महिनाको नानी हूँ । मैले अहिलेसम्म चिउरा पनि चपाएको छैन । 
उहाँहरुले मलाई हिजो भर्खर आएकोले यति धेरै बोल्न र लेख्न मिल्नैन भन्ने कुरा गर्नुभएको रहेछ । हो म हिजो मात्रै आएको हो । तर ममा केही सीप भएरै म यो क्षेत्रमाआएको हो । त्यसकारण मेरो खेदो खन्ने काम नगर्नुस् ।
म सिनेमा चल्दा मात्रै मिडियामा आउँछु । हैन भने म घरमै बस्छु । मलाई अरुलाई सटायर हान्न र कुरा काट्न पनि फुर्सद छैन । त्यस कारण मेरो सानो कुरालाई पहाड बनाउनु पर्ने मेले केही पनि देख्दिन । मैले त्यो स्ट्याटस कसैसँग डराएर र फसेर डिलिट गरेको भने होइन ।’
उनले पूजासँगको आफ्नो सम्बन्धका बारेमा बोल्दै  सिनेमा उद्योगमा आफ्नो भन्दा धेरै पूजाको साथीभएको र आफ्नो बारेमा जति पनि कुराहरु आइरहेको छ पूजाकै तर्फबाट आइरहेको बताइन् ।
उनले आफूले लेखेको स्ट्याटस पूजालाई नभएको भन्दै  पूजा आफ्नो कोही पनि नभएको र उनलाई त्यसरी सटायर हान्नु पर्ने अवस्था नभएको उल्लेख गरेकी छिन् । 

कमेन्ट लोड गर्नुस