सुदूर नेपाललाई विश्वसँग जोड्दै

शान्त भएन महेन्द्रनगर, प्रहरीले चलखेल गरी नक्कली अभियुक्त पक्राउ गरेको भन्दै बजार बन्द

१३ वर्षिय बालिका हत्याकाण्ड

फोटो : पत्रकार सिह ठकुरीको फेसबुकबाट
फोटो : पत्रकार सिह ठकुरीको फेसबुकबाट
२०७५ भदौ ५, १०:३३

कञ्चनपुर प्रहरीले १३ वर्षिया बालिका निर्मला पन्त हत्यामा संलग्न रहेको भन्दै सोमबार एकजना अभियुक्तलाई पक्राउ गरी सार्वजनीक गरेपछि महेन्द्रनगरमा आन्दोलन थप चर्किएको छ । भीमदत्त नगरपालिका २ महुलिया उल्टाखामकी  बालिका पन्तको बलात्कारपछि हत्या भएको २६ दिनपछि प्रहरीले पक्राउ गरेका वडा नम्बर १९ बाँगफाटाका दिलिप विष्ट नक्कली अभियुक्त रहेको भन्दै नागरिक समाज, महिला अधिकारकर्मी, स्थानीय र पीडितले  प्रहरी  विरुद्ध आन्दोलन सुरु गरेका छन् ।

प्रहरीले चलखेल गरी मानसिक सन्तुलन गुमेका व्यक्तिलाई मुख्य अभियुक्त भनि पक्राउ गरेर वास्तविक अपराधीलाई उम्काउनु खोजेको भन्दै महेन्द्रनगर बजार बन्द गरिएको छ भने नागरिक समाज, महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयको मुल गेटमा रिले अनशन जारी राखेका छन् । महेन्द्रनगरका केही व्यापारी पसल बन्द गरेर स्वस्र्फुत आन्दोलनमा सरिक भएका छन् ।

प्रहरीले वास्तविक अपराधीलाई उम्काउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई मुख्य अभियुक्तको रुपमा सार्वजनीक गरेकोले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ नगर्दा सम्म आन्दोलनका कार्यक्रम जारी राख्ने महिला अधिकारकर्मी शारदा चन्दले बताईन् । यता निर्मलाका बुवा यज्ञराज पन्तले पनि घटनामा छोरीको हत्यामा संलग्न वास्तविक व्यक्ति पक्राउ नपरेको आशंका व्यक्त गरेका छन् ।

गत साउन १० गते घरबाट साथीको घरमा गएकी १३ वर्षीया पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । घटना भएको २६ दिनपछि प्रहरीले यसअघि पनि जेल सजाय काटेर आएका भीमदत्त नगरपालिका १९ बागफाटाका दिलिप विष्टलाई  सोमबार मात्र पक्राउ गरी सार्वजनीक गरेको थियो ।  
 

कमेन्ट लोड गर्नुस