सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुटेरा नौ लाखको झोला सहित जिल्ला प्रहरीमा, मोटरसाईकल वरामद

गोलीकाण्ड अपडेटः

२०७५ जेठ १३, १२:०१

धनगढीमा दिन दहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरा भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कैलाली ल्याईएको छ । आईएमई  सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले गोदावरी नगरपालिको अत्तरीया नजिकैवाट नौ लाख रकम भएको झोला सहित  पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो । उनीहरुका विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । लुटेरा भएको आशंकामा उनीहरुलाई समात्नुका साथै मोटरसाईकल समेत  वरामद गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्ष विनोद घिमिरेले जानकारी दिए । उनले लुटपाटमा संग्लनको खोजी गर्दै जाँदा अत्तरिया नजिकै समातेको  वताए । 

लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको सव्जीमण्डीमा आईएमकीका कर्मचारी कार्कीमाथि  गोली प्रहार गरि वैंकवाट  झिकेको रकम लुटेर  भागेका  थिए । विहान रकम लुटेर भागेको  एक घण्टाभित्रै प्रहरीले उनीहरुलाई आशंकामा समातेर अनुसन्धान गरिरहेको छ । घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको  चिकित्सकहरुले वताएका छन । 
 

कमेन्ट लोड गर्नुस