सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालिका निर्मला पन्तलाई हत्या गरेको अभियोगमा एक जना सार्वजनिक

२०७५ भदौ ४, ०७:३०

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको भएको २५ दिनपछि भीमदत्त नगरपालिका वडा नम्वर १९ का दिलिपसिंह विस्टलाई आज सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा पत्रकार सम्मेलन गरेर बालिका हत्याको अभियोगमा पक्राउ परेका विष्टलाई सार्वजनिक गरिएको हो । उनलाई सोमबारै अदालतमा उपस्थित गराइएको थियो । विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा जेल परेको बुझिएको छ । जेल सजाय काटेर निस्किएका विष्ट मजदुरी गर्दै आएका थिए । प्रहरी श्रोतका अनुसार विष्टले आफ्नो बयानमा क्रममा निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । 
१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएपछि चैन मिलाईदिएका विष्टले उखुबारीमा लगेर बलात्कार गरेको स्वीकार गरेका हुन् । बलात्कारपछि पक्राउ पर्ने डरले विष्टले पन्तको हत्या गरेको प्रहरीले श्रोतले जनाएको छ । 
गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका ल्याउन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । पन्तको हत्यापछि कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन र रिले अनसन गरिरहेका थिए । 
 

कमेन्ट लोड गर्नुस