सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोहोरमैला व्यवस्थापनको जग्गा प्राप्ती नभए सम्म सडकको निमार्ण पनि सुरु नहुने (भिडियो रिपोर्ट)

२०७४ चैत्र ६, १०:२२

फोहर मैला व्यवस्थापनका लागि जग्गा खोज्नमा ढिलाई भएपछि क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत कैलाली, कञ्चनपुरका ३३ वटा सडक निमार्णको काममा पनि ढिलाई हुने भएको छ। 
एसियाली विकास बैंकले फोहोरमैला व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेकाले फोहोरमैला व्यवस्थापनको टेण्डर आह्वान नभएसम्म सडकको काम पनि नगर्ने भनेपछि सडक निमार्णको काम पनि रोकिएको हो। 

 

हाल क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत चार ओटा नगरमा ३३ वटा सडकको सर्भे सकिएर डिजायन स्टमेटको काम भईरहेको छ। तर फोहोरमैला व्यवस्थापनको जग्गा खोज्न चार वटै नगरले गरेको ढिलाईका कारण सडक निर्माणमा पनि थुप्रै समय लाग्ने देखिएको हो। एसियाली विकास बैंकले फोहोरमैला व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेकाले फोहोरमैला व्यवस्थापनको टेण्डर आह्वान नभए सम्म सडकको पनि टेण्डर खोल्न पाईने छैन्। 

 

चार महिनामा सडक योजनाको टेण्डर खोल्नका लागि डिपीआर तयार भईसक्ने भएपनि फोहोरमैला व्यवस्थापनाका लागि जग्गा प्राप्तिमा भईरहेको ढिलाईले टेण्डर गराएर विकास निर्माणको काम अगाडी वढाउन समय लाग्ने भएको हो। एसियाली विकास बैंकले फोहोरमैला व्यवस्थापनको टेण्डर आह्वान नहुँदा सम्म अन्य योजनाको टेण्डर खोल्न नपाईने सर्त राखेको क्षेत्रिय सहरी विकास आयोजनाका ईन्जिनियर ईश्वर बरालले बताए। 

 

फोहरमैला व्यवस्थापनका लागि सबैभन्दा बढि प्रगति गरेको धनगढी उप–महानगरपालिका र शुक्लाफाटा नगरपालिकालाई समेत जग्गा खरिदका लागि अझै महिनौ लाग्ने देखिएको छ। धनगढी उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले अझै जग्गा प्राप्तीमा थुप्रै समय लाग्ने बताए। भिमदत्त र गोदावरी नगरपालिकाले त अहिले सम्म जग्गा प्राप्तीको प्रक्रिया नजै अगाडी बढाउन सकेका छैनन्। धेरैले बन क्षेत्रको जग्गा प्राप्तीको तयारी गरीरहँदा लामो प्रक्रिया अपनाउन पर्ने देखिएको छ। 

 

फोहोरमैला व्यवस्थापनमा भएको ढिलाईले सडक योजनाको निर्माण पनि ढिलाई हुने पक्का देखिएको हो। जग्गा प्राप्तीमै लामो समय लगाईरहेका नगरपालिका र उप–महानगरपालिकाले सडकको क्षेत्र खालि गर्न अझै चुनौती बेहोर्न पर्ने देखिएको छ।

सकडको क्षेत्राधिकार भित्र ठुला–ठुला घर निर्माण भएका छन् भने अन्य भौतीक संरचना पनि निर्माण भएका छन्। 

 

सडकको चौडाई पनि एसियालि विकास बैंकको सर्त अनुसार नै निर्धारण हुने भएकाले चार वटै नगरले उक्त चौडाई खालि गर्न सक्छन् वा सक्दैन भन्ने पनि ठुलो प्रश्न रहेको छ। सडकको डिजायन स्टमेट तयार भईरहँदा नगरहरुले सडक क्षेत्र खालि गर्नका लागि भने पहल सुरु गरेका छैनन्। हुन त कैलालीका धनगढी र गोदावरी तथा कञ्चनपुरका भिमदत्त र शुक्लाफाटा नगरमा सुरु भएको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत झण्डै १ सय ६ किलोमिटर सडकको सर्भे सकिएर डिजायन स्टमेटको काम सुरु भएको छ। 

 

तर फोहर मैला व्यवस्थापनको काम नभएसम्म सडकको पनि निमार्णको काम अगाडी नबढ्ने भएपछि विकास निमार्ण पछाडी धकेलिएको हो। तर पनि चार महिना भित्रै सबै सडकको विस्तृत परियोजना प्रतिवेदन तयार पारीसक्ने परामर्श दाता कम्पनी बिडिएका निर्देशक अनिल नेपालले बताए। झण्डै साढे ११ अर्वको क्षेत्रिय सहरी विकास आयोजनाको सफल कार्यान्वयन भए चार वटै नगरको कायापलट हुने विश्वास गरीएको छ। तर आन्तरिक तयारीमा भएको ढिलाईले अर्वाैको विकास पछाडी धकेलीएको छ। 
 

कमेन्ट लोड गर्नुस