सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राविधिक शिक्षा दिने भन्दै ठगी गरेको आरोपमासुपर लिंक टेक्निकल कलेजका २ जना विरुद्ध ठगी मुद्धा दर्ता

२०७४ चैत्र ५, ०८:३३

प्राविधिक शिक्षा दिने भन्दै ठगी गरेको आरोपमा कैलालीको अत्तरियाको सुपर लिंक टेक्निकल कलेजका २ जना पक्राउ परेका छन् । संचालक मध्येकी निर्मला विष्ट र कलेजमै कार्यरत धर्मराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जना विरुद्ध ठगि मुद्धा दर्ता गरीएको कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए। सुपर लिंक टेक्निकल कलेजले प्राविधिक शिक्षा दिने भन्दै ठगी गरेको आरोपमा विद्यार्थीहरुले सोमवार कलेजका सञ्चालक बिरुद्ध ठगी मुद्दा दर्ता गराएका हुन् । प्रहरी नायव उपरिक्षक बोहराले प्रहरी नियन्त्रणमा रहेका २ जनाका बिरुद्ध मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भएको जानकारी दिए। कञ्चनपुरको महेन्द्रनगरमा संचलनमा रही अत्तरीयामा पनि शाखा संचालन गरेको सुपर लिंक टेक्निकल कलेजले कृषि जेटिए र उद्यम विकास सहजर्कता पढाउने भनी गत भदौमा विद्यार्थीहरु भर्ना गरेको थियो। गत भदौदेखि पढाई सुरु गरिएकोमा अहिले आएर तालिम मात्रै भएको भन्न थालेपछि २३ जना विद्यार्थीहरुले आफुलाई ठगेको आरोप लगाएका हुन्। कृषि जेटिएको दोस्रो तहको तालिम सञ्चालन भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीले तालिम मात्रै भएको थाहा पाएर आफ्नो रकम फिर्ता गर्न माग गरीरहेका छन्।

कमेन्ट लोड गर्नुस