सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शैक्षिक मेला हुने

२०७४ चैत्र ५, ०६:२१

कैलालीको धनगढीमा दुई दिने ‘भारतीय शैक्षीक मेला’ हुने भएको छ । धनगढीमा रहेको नेक्सस एजुकेशनको आयोजनामा बुधवारदेखि मेलाको आयोजना गरिन लागेको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।
नेक्सस एजुकेशनका निर्देशक भरतराज जोशीले सुदूरपश्चिम क्षेत्रका विद्यार्थीहरुलाई भारतका शैक्षीक सस्थाहरुको विषयमा जानकारी दिनका लागि २ दिने शैक्षिक मेलाको आयोजना गर्न लागिएको बताए। मेलामा भारतका विभिन्न प्रदेशका चर्चीत ९ विश्व विद्यालय र ६ कलेजहरुको सहभागिता रहने छ ।

धनगढीको ओम प्यालेसमा हुने मेलामा १५ वटा स्टलहरु रहने र नेपालमा अध्यापन नहुने विषयका समेत विद्यार्थीहरुलाई जानकारी गराईने आयोजकले जनाएको छ ।
निर्देशक जोशीले मेलाबाट विद्यार्थीहरुले प्राविधिक ज्ञानहरु बारे सहजै जानकारी लिन सक्ने र विद्यार्थीहरुले ईच्छा अनुसारको विषय अध्ययन गर्नका लागि विश्वविद्यालय र कलेजका बारेमा सहजै जानकारी लिन सक्ने बताए।

मेलामा झण्डै तीन हजार विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरीएको छ भने झण्डै १० लाख अनुमानित खर्च रहेको आयोजकले जानकारी दिएको छ ।

कमेन्ट लोड गर्नुस