सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोली प्रहार गर्दै साढे ९ लाखौं रकम लुटपाट, दुई जना लुटेरा फरार, घाईतेको उपचार हुँदै

BREAKING NEWS

२०७५ जेठ १३, १०:४२

धनगढीमा दिन दहाडै गोली प्रहार भएको छ । आईएमई  सेन्टरका कर्मचारी वैंकमा  रकम झिकेर आउने क्रममा रकम लुटपाट गरिएको हो । आईएमईमा कार्यरत निर्मल कार्कीमाथि गोली प्रहार गरी  साढे ९ लाख रकम लुटिएको हो । लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको सव्जीमण्डीमा आईएमकीका कर्मचारी कार्कीमाथि  गोली प्रहार गरि वैंकवाट  झिकेको रकम लुटेर  फरार भएका हुन् । घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको  चिकित्सकहरुले वताएका छन । सेतीवाट घाईतेलाई सामान्य उपचारपछि रेफर गर्ने  तयारी गरिएको छ । 

तस्वीरः दीपक जोशी, दिनेश खबर

 

कमेन्ट लोड गर्नुस