सुदूर नेपाललाई विश्वसँग जोड्दै

दृष्टिविहिन साउद दम्पतीलाई सोमबार पनि ११ हजार सहयोग प्राप्त

२०७५ भदौ ४, ०६:५८

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणीका दृष्टिविहिन करनसिहँ साउदका छोराको उपचारका लागि ११ हजार थप सहयोग प्राप्त भएको छ । दिनेश खबर अनलाईनमा समाचार पढेपछि काठमाण्डौँ महानगरपालिका वडा नम्बर ३२ बस्ने भुवनराज तिमल्सिना र सुनिता दुरा तिमल्सिनाले ११ हजार सहयोग गरेका हुन् । काठमाण्डौँबाट पठाएको रकम दिनेश एफएमले आजै दृष्टिविहिन साउदलाई हस्तान्तरण गरेको छ । दृष्टिविहिन दम्पती साउदले छोराहरु उपचारका लागि सहयोगको याचना गरेपछि सहयोगी हातहरु जुट्दै गएका हुन् । हिजोपनि विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुले साउद दम्पतिलाई २४ हजार सहयोग गरेका थिए । घरको पर्खाल भत्किएपछि च्यापीएर घाइते भएका दृष्टिविहिन दम्पतीका दुई छोराको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालले आजै उनीहरुलाई डिस्चार्ज गरेको छ । 
 

कमेन्ट लोड गर्नुस