सुदूर नेपाललाई विश्वसँग जोड्दै

घाईते कार्कीको पाखुराबाट गोली निकालीयो, अवस्था खतरामुक्त

गोलीकाण्ड अपडेट

२०७५ जेठ १३, ०२:४५

धनगढीमा गोली प्रहारवाट घाईते भएका आईएमई सेन्टरमा कार्यरत निर्मल कार्कीको पाखुराबाट गोली निकालीएको छ। सेती अञ्चल अस्पतालका चिकित्सकहरुले सल्यक्रिया गरेर उनको पाखुरामा लागेको गोली निकालेका हुन्। आज बिहान लुटाराहरुको एक समुहले कार्कीमाथि गोली प्रहार गरी साढे ९ लाख रकम लुटेर लगेका थिए। कार्किको पाखुरामा गोली लागेको छ भने छातीमा गोलीको छर्रा लागेको छ। पाखुरामा लागेको गोली निकालीएपछि अहिले कार्कीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। अर्थो सर्जनद्वय डाक्टर प्रमोद जोशी र डाक्टर सन्तोष पन्तले सल्यक्रिया गरेर गोली निकालेका हुन। पाखुराको गोली निकालेपछि अब छातीको घाउका लागि सर्जनहरु डाक्टर विसनसिह बोहरा, डाक्टर मेराज आलम अन्सारी र डाक्टर शुरेन्द्र वस्नेतको टोली उपचारमा खटिएको छ। 

कमेन्ट लोड गर्नुस