सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टादेखि मथुरासम्मको टिकट काटेका ६३ जना नेपाली अलपत्र (भिडियो सहित)

ट्रावल्स कम्पनीले ठगेको आरोप

२०७५ भदौ ५, ११:३८

भारतको गौरीफन्टादेखि मथुरा सम्मको टिकट काटेका ६३ जना नेपाली अलपत्र परेका छन् । मथुरा सम्मको टिकट काटेपनि बस चालक पलियामा यात्रुहरुलाई छोडेर बस सहित वेपत्ता भएपछि उनीहरु अलपत्र परेका हुन् । शुभ सहारा टुर्स एण्ड ट्रावल्स प्रालिले डोकेबजारमा मथुरा सम्मका लागि ६३ जना नेपालीहरुको टिकट काटेको थियो । प्रति यात्रु ८ सय  रकमको टिकट काटिएकोमा बसले पलियामै सवै यात्रुहरुलाई झारेपछि उनीहरु गयराती पलियामै बसेका थिए ।


६३ जना मध्ये ३३ जना नेपाली ट्रावल्सले आफुहरुलाई मथुरा पुगाउने भन्दै ठगेको र आफुहरु अलपत्र परेको भन्दै कञ्चनपुरको प्रहरी चौकी पचकडीयामा पुगेका छन् । भारतका विभिन्न स्थानमा मजदुरीका लागि गएका नेपालीहरु मध्ये अधिकासं प्रदेश नम्वर ७ का बासीन्दा रहेका छन् । केहि भने उपचारका लागि पनि भारत गईरहेका थिए । तर बसले पलियामै छोडेपछि आफुहरुको बिचल्ली भएको डोटीका ईश्वर पार्कीले बताए । 
अहिले प्रहरी चौकी पचकडीयामा पिडित र शुभ सहारा टुर्स एण्ड ट्रावल्स प्रालिका प्रतिनिधिहरु विच छलफल भईरहेको प्रहरी सहायक निरिक्षक मोहन सिहले बताए । अलपत्र परेका नेपालीहरुले टिकटको ८ सय सहित पहिलयामा खान बस्न भएको खर्च क्षतीपुर्ति स्वरुप माग गरेका छन् । शुभ सहारा टुर्स एण्ड ट्रावल्स प्रालिले भारतका विभिन्न स्थानमा जाने नेपालीहरुको टिकट काट्दै आएको छ ।
कमेन्ट लोड गर्नुस