सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोली प्रहारवाट घाईते कार्कीको गोली निकालिदै

गोलीकाण्ड अपडेटः 

२०७५ जेठ १३, ०१:३३

धनगढीमा गोली प्रहारवाट घाईते भएका आईएमई सेन्टरमा कार्यरत  निर्मल कार्कीका गोली निकालिदै छ । सेती अञ्चल अस्पतालको सल्यक्रिया कक्षमा उनको पाखुरामा लागेको गोली निकाल्न सल्यक्रिया भईरहेको सर्जन डाक्टर सुरेन्द्र वस्नेतले जानकारी दिए । कार्कीलाई  पाखुरामा गोली लागेको भएपनि छातीमा गोली नरहेको शल्यक्रियामा संग्लन  चिकित्सकहरुले वताएका छन । 

पाखुरामा गोली अड्किएकोले हड्डीमा बढी चोट लागेकाले अर्थो सर्जनद्वय डाक्टर प्रमोद जोशी र डाक्टर सन्तोष पन्तले सल्यक्रिया गरिरहेका छन । पाखुराको गोली निकालेपछि छातीको घाउका लागि सर्जनहरु डाक्टर विसनसिह बोहरा, डाक्टर मिराज आलम अन्सारी र डाक्टर वस्नेतको टोली तयारी अवस्थामा रहेको सेती अञ्चल अस्पतालले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस