सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिकाका वडाअध्यक्षले घर किनेको रकम नतिरेको गुनासो (भिडियो रिपार्ट)

२०७४ चैत्र ५, ०४:०९

डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष जयलाल धामीले आफुले ४ बर्ष अघि किनेको घरको रकम नतिरेको गुनासो आएको छ । हाल धनगढी उपमहानगरपालिका को घईयाघाटमा बस्ने कयावसिंह ऐरले आफुले चार बर्ष अघि बेचेको घरको हालसम्म पनि रकम नपाएको बताए। पटक पटक रकम माग्न जादा नदिएको र उल्टै धम्की दिने गरेको गुनासो लिएर उहाँ दिनेश एफएमको कार्यालयमा आएका थिए। डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष जयलाल धामीले चार बर्ष अघि किनेको घरको रकम हालसम्म पनि चुक्ता नगरेको उनले बताए। धामीले हाल धनगढी उपमहानगरपालिकाको घुईयाघाट बस्ने कवावसिंह ऐरको तत्कालीन दुर्गामाणौ गाविस वडा नम्बर ६ स्थित पत्थरी घर ६ लाखमा किनेका थियो। ६ लाख मध्ये ९४ हजार बाँकी रहेको र तिन महिना भित्रै तिर्ने बुझाउने भन्दै कागज गरिएको छ। तर उक्त ९४ हजार मध्ये आधा भन्दा बढी रकम वडाअध्यक्ष धामीले हालसम्म नदिएको उनले बताए। ऐरले यो बिचमा रकम दिन भन्दै धामीसंग पटक पटक आग्रह गरेपनि रकम नपाएको गुनासो गरेका छन्। बिचमा श्रीमती बिरामी हुदा रकम मागेकोमा नदिएको र त्यसपछि श्रीमतीको मृत्यु भएका बेला समेत रकम नदिएको उनले बताए। यता गाउँपालिकाका वडा अध्यक्ष धामीले पनि ऐरलाई रकम दिन बाँकी रहेको स्वीकार गरेका छन्। उनले केहि दिनमा धनगढी आएर ऐरलाई दिन बाँकी रहेको रकम चुक्ता गर्ने प्रतिबद्धता जनाए।

कमेन्ट लोड गर्नुस