सुदूर नेपाललाई विश्वसँग जोड्दै

काम अधुरै छोडेर फर्कियो सीमामा खटिएको संयुक्त सर्भे टोली

२०७५ भदौ ५, ०७:२०

प्रदेश नम्बर ७ का विवादित सीमा क्षेत्रमा खटिएको संयुक्त सीमा सर्भे टोली काम अधुरै छोडेर फर्किएको छ । भारतसँग जोडिएका प्रदेश ७ का कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाका विवादित सीमा क्षेत्रको सर्भेक्षणका लागि गत मंसीरमा खटिएको संयुक्त सीमा सर्भे टोली काम नसकेरै फिर्ता भएको हो । संयुक्त सर्भे टोली कैलालीदेखि दार्चुलासम्मको सीमा स्तम्भहरूको मर्मत सम्भार र नयाँ स्तम्भ खडा गर्ने कार्यादेश सहित फिल्डमा खटिएकोमा विवादित क्षेत्रमा काम गर्न नसकेपछि फिर्ता भएको बताईएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाका विवादित सीमा क्षेत्रको सर्भेक्षण, सीमा स्तम्भ मर्मत सम्भार र हराएका स्तम्भ निर्माण गर्ने अधिकार दिइएको टोली काम अधुरै छोडेर फर्किएपछि सीमा क्षेत्रको विवाद कायमै रहेको छ भने हराएका सीमा स्तम्भ समेत खडा हुन सकेका छैनन् ।

मुख्य र सहायक पिलर गरेर कैलालीमा २ सय ८२ पिलर रहेकोमा टोलीले संयुक्त टोलीले १ सय १ पिलरको मर्मत र ३१ नयाँ पिलर खडा गरेको छ भने कञ्चनपुरमा सीमा स्तम्भ सर्भेक्षणको काम सक्दा पहाडी जिल्लामा काम नै सुरु नगरी टोली गएको हो । गतवर्ष मंसिरदेखी फिल्डमा खटिएको टोलीले कैलालीका विवादीत क्षेत्रमा भने काम नै सुरु गर्न सकेको छैन् । तत्कालीन टोली प्रमुख धामीका अनुसार भजनी नगरपालिकाको मारियाघाट, धनगढी उपमहानगरपालिकाको नर्सरी भन्ने स्थानमा विवाद कायम हुदा काम अगाडी नबढेको तत्कालीन संयुक्त सीमा सर्भे टोलीको नेतृत्व गरेका नापी अधिकृत सुर्दशन सिह धामीले बताए । कञ्चनपुरको पुनर्वास क्षेत्रका विभिन्न क्षेत्रको सीमा विवाद कायमै रहेको छ । संयुक्त सीमा टोली आउँदा स्पष्ट सीमा निर्धारण भएर बेला बेला सीमाकै कारण हुने विवादको अन्त्य हुने आशा गरिएपनि काम अपुरै छोडेर टोली फिर्ता भएपछि विवाद ज्यूका तिउ रहेको छ ।

अझ संयुक्त टोलीले काम थालेको एक वर्ष कैलालीमा मात्र बिताएका कारण दुई वर्षभित्र हराएका सीमा पिलर खडा हुने, टुटफुट भएका पिलरको मर्मत गर्ने कामले पूर्णता नपाउने निश्चित जस्तै देखिएको छ । तर नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्ट भने विभिन्न कारणले धेरै स्थानमा काम गर्न नसकिएको स्वीकार्दै बर्खामा काम गर्न नसकिने हुदा टोली फिर्ता भएकाले मंसीरबाट फेरी सीमामा काम सुरु हुने बताउछन् । हुन त , कञ्चनपुरमा सीमा विवादका क्रममा २०७३ फागुनमा भारतीय प्रहरीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको  ज्यान गएपछि पनि सीमामा खटाइएको टोली विवादका कारण देखाउदै काम अधुरै छाडेर गएको थियो । सरकारले संयुक्त सर्भे टोली खटाउने र टोली काम नसकेर फर्किने परिपाटीका कारण वषौँदेखी कैलालाी कञ्चनपुरमा कायम रहेको सीमा विवाद कायमै रहेको छ ।

 

 

कमेन्ट लोड गर्नुस