सुदूर नेपाललाई विश्वसँग जोड्दै

शरद र वसन्त बंगलादेश बैंकको ब्रान्ड एम्बेसडर

२०७५ भदौ ४, १०:५६

  नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषावकर र बलर वसन्त रेग्मीलाई नेपाल बंगलादेश बैंक लिमिटेडले ब्रान्ड एम्बेसडर बनाएको छ । 
शरद र वसन्तलाई बैंकले आइतबार दुई वर्षका लागि आफ्नो बैंक एम्बेसडरमा नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र शरद तथा वसन्तले हस्तक्षर गरे ।
सम्झौताअनुसार बैंकले शरद र वसन्तलाई दुई वर्षसम्म आर्थिक सहयोग गर्नेछ । आर्थिक रकम भने खुलाइएको छैन । शरद र वसन्तले बैंकको प्रमोसन र जुनियर क्रिकेट क्याम्पमा सहभागी बन्नेछन् । 
बैंकले युथ क्रिकेटको विकासका लागि देशभर स्कुलस्तरमा क्रिकेट क्याम्प सञ्चालन गर्नेछ । उक्त क्याम्पमा युवा विद्यार्थीलाई शरदले ब्याटिङ र वसन्तले बलिङ प्रशिक्षण दिनेछन् ।
 सम्झौतापछि शरदले बैंकको सहयोगले आगामी खेल यात्रामा थप सहयोग पुग्ने बताए ।
वसन्तले निजी क्षेत्रको सहयोगले नेपाली क्रिकेटले गति लिइरहेको बताए । यस सहयोगले राम्रो खेल्नका लागि थप प्रेरणा मिलेको छ, वसन्तले भने ।
 सीईओ ज्ञानेन्द्रले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत दुई क्रिकेटरलाई सहयोग गरेको बताए । उनले नेपालको क्रिकेट बोर्ड आईसीसीबाट स्वतन्त्र भएपछि क्रिकेट खेलमा ठूलो लगानी र प्रायोजन गर्ने प्रतिबद्धतासमेत जनाए ।

कमेन्ट लोड गर्नुस