सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटिल फ्लावर स्कुल च्याम्पीयन

विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता

२०७५ जेठ १२, ०२:४२

धनगढीमा सम्पन्न अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी लिटिल फ्लावर बोर्डिङ हाइस्कुलले जितेको छ । फाइनलमा धनगढीकै जेसिज एभरेस्ट स्कुललाई ९ विकेटले पाखा लगाउदै लिटिल फ्लावरले उपाधिमाथी कब्जा जमाएको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जेसिजले अन्तिम ओभरमा सवै विकेट गुमाउदै १ सय १ रन बनायो। उस्का लागि भरत सिंहले २५ रनको योगदान दिए। बलिङमा लिटिल फ्लावरका कप्तान समेत रहेका शैलेस अवस्थीले ह्याट्रिक सहित ४ विकेट लिए भने किशोर सिंहले २ विकेट लिए। १ सय २ रनको लक्ष्य सहित मैदानमा उत्रीएको लिटिल फ्लावरले १ विकेटको क्षतीमा लक्ष्य भेटाएको हो। उस्को जितमा भरत सिंहले ४८, राजेन्द्र चन्दले २४ र अनिल थापाले १२ रन बनाए।  विजेतासंगै लिटिल फ्लावरले २० हजार नगद सहित ट्रफ्री र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जेसिजले १० हजार नगद सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिताका उदयमान खेलाडी सिद्धार्थ शिशु सदनका विकेक चन्द, म्यान अफ द सिरिज एक्सिसका कविन्द्र साह घोषित भए। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा बैशाख २८ देखि प्रतियोगिता सुरु भएको थियो । 
 

कमेन्ट लोड गर्नुस