सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपका लागि प्रदेश नम्वर ७ मा खेलाडी छनौट सुरु

२०७५ जेठ ९, ०७:१९

अगामी जेठ १३ गतेदेखि काठमान्डौमा हुने दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश नम्वर ७ मा  खेलाडी छनौट आजदेखि सुरु भएको छ । खेलाडी छनौटका लागि सदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समीतीका सदस्य घनश्याम भट्टको संयोजकत्वमा ५  सदस्यीय छनौट कमिटी गठन गरिएको छ । कमिटीमा विक्रम विष्ट, बाबुराजा श्रेष्ठ, विरेन्द्र शाही र प्रेम मल्ल सदस्य छन ।

छनौट प्रतियोगितामा सात नम्वर प्रदेशका नौ वटै जिल्लाका ४८ जना सहभागी छन ।  ती मध्ये उत्कृष्ट १४ जनालाई छनौट गरि ११ गते विदाइ गरिने छनौट समितिका संयोजक भट्टले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य ऐकेन्द्र कँुवरले एक मारोह विच छनौट प्रतियोगिता उद्घाटन गरेका थिए । 
 

कमेन्ट लोड गर्नुस