सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रथम मेयर कप क्रिकेटको उपाधि अत्तरियालाई

२०७४ चैत्र ४, ०९:४९

सन्दिप कुँवरको ६ छक्का र ४ चौका सहित ५६ रनको अर्धशतकिय पारीको मद्दतले सिवाईसी अत्तरियाले अछामको साँफेबगरमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उपाधिमा कब्जा जमाएको छ ।

साँफेबगरको रिडीकोटस्थित बडासैन क्रिकेट मैदानमा भएको फाईनल खेलमा मंगलसेन नगरपालिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सिवाईसी अत्तरियाले उपाधि माथि कब्जा जमाएको हो ।

उपाधिसँगै अत्तरियाले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता बनेको मंगलसेनले नगद २५ हजार र ट्रफी हात परेको छ ।

टस हारेर व्याटिङ गर्न मैदानमा उत्रेको मंगलसेनले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा एक सय २८ रन वनायो । मंगलसेनका लागि भरत जोशीले सर्वाधिक ३६ रन जोडे । यस्तै छत्रकमल रावलले २७, हिक्मत सेठ्ठीले २० तथा अजय बिष्टले १२ रन जोडे । अत्तरियाका डम्बर पुजाराले तीन, सुरज तिरुवाले दुई तथा विरेन्द्र ठगुन्ना, एकेन्द्र कुँवर तथा पारस केसीले एक एक विकेट लिए ।

एक सय २८ रनको विजयी लक्ष्य लिएर व्याटिङ गर्न मैदान उत्रेको सिवाइसी अत्तरियाले ११ ओभरमा दुई बिकेट क्षतिमै लक्ष्य पुरा ग¥यो । अत्तरियाका लागि पुरन सिंहले १७, सुरज तिरुवाले १६ रन जोडे । मंगलसेनका अतित बिष्ट तथा हिक्मत सेठ्ठीले एक एक विकेट लिए । फाईनल प्रतियोगिताको म्यान अफ द म्याच तथा प्रतियोगिताको म्यान अफ द सिरिज दुबै पुरस्कार सिवाइसी अत्तरियाका सुरज कुँवर भए । साँफेबगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता अछामकै सर्वाधिक पुरस्कार राशीको हो ।

कमेन्ट लोड गर्नुस