सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले एकदिवसीय मान्यता पाएपछि क्रिकेटको शहर धनगढीमा खुशियाली (भिडियो रिर्पोट)

२०७४ चैत्र २, ०७:२३

नेपालले क्रिकेट इतिहासमै पहिलो पटक एकदिवसीय मान्यता पाएपछि क्रिकेटको शहर धनगढीमा खुशियाली छाएको छ ।
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाइ हराएपछि र नेदरल्याण्डले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो । पहिलो पटक एकदिवसीय मान्यता पाएपछि शुक्रवार विहान नेपाली क्रिकेट समर्थक समाज कैलालीले धनगढीमा विजयी ¥याली निकालेको हो भने शुक्रवार साँझ धनगढीकै पार्कमोडमा दिप प्रज्वलन पनि गरीएको छ ।
यस क्षेत्रका क्रिकेट समर्थकहरुले पुर्वाधाको विकास भए घरेलु क्रिकेटले छलाङ मार्ने भएकाले तत्कालन अन्तराष्ट्रिय क्रिकेट मैदानको माग समेत गरीएको छ । नेपाली क्रिकेट समर्थक समाज कैलालीका संयोजक सुन्दर सिह धामीले नेपालले पहिलो पटक ४ वर्षसम्मका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएपछि घरेलु क्रिकेटमा कोल्टे फेरीरहेको क्रिकेटको शहर धनगढीमा खुशियाली छाएको बताए ।
यसै क्षेत्रका क्रिकेटर दिपेन्द्रसिह ऐरीको अलराउण्ड प्रदर्शनले पपुवा न्यूगिनीमाथि सानदार जित हात पार्दै खेलाडीहरुले सबै नेपालीलाई एक दिवसीय क्रिकेटको मान्यता प्राप्त देशका बासीन्दा बनाएका हुन् । त्यसैको खुशियालीमा क्रिकेटको शहर पनि धनगढी पनि झुमेको हो । देशकै सर्वाधिक पुरुष्कार राषीको धनगढी प्रिमियर लिग, स्कुल स्तरको लिटिल फ्लावर प्रिमियर लिग र क्यास्पीयन कप लगायतका प्रतियोगिता भईरहने भएकाले धनगढीमा क्रिकेटका समर्थको ठुलो भिड छ ।
क्रिकेट समर्थकहरुले नेपाल क्रिकेट संघ विवादीत भएर आईसीसीले निलम्वन गरेका बेला अभिभावक बिनानै खेलाडीहरुले आफ्नो दममा नेपाललाई एक दिवसीय क्रिकेटको राष्ट्र बनाएकाले खुशियाली मनाएको क्रिकेट समर्थक डिल्लीराज ओझाले जानकारी दिनुभयो । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ ।
त्यसैले अव क्रिकेटका भौतिक संरचना बनाउन सरकारले ध्यान दिए छिट्टै नेपाली क्रिकेटले अन्तराष्ट्रिय स्तरमा छलाङ मार्ने क्रिकेट समर्थकहरुको तर्क छ । उनिहरुले फाप्ला क्रिकेट मैदानको निर्माणलाई तिव्र गतिमा अगाडी बढाउन माग समेत गरेका छन् ।

कमेन्ट लोड गर्नुस