सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी प्रिमीयर लिगले आईसीसीको मान्यता पायो

२०७४ फाल्गुन ३०, ०६:३१

चैत १७ गतेदेखी धनगढीमा हुने सर्वाधिक पुरुष्कार राषीको धनगढी प्रिमीयर लिगले आईसीसीको मान्यता पाएको छ ।
धनगढी क्रिकेट एकेडेमीको आयोजना हुने धनगढी प्रिमीयर लिगलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले मान्यता दिएको हो । आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लीभ हिचककद्वारा प्रेषित पत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई धनगढी प्रिमीयर लिग २ लाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको उल्लेख छ ।
आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि देशको राष्ट्रीय टोलीमा आवद्ध विदेशी खेलाडीले पनि प्रतियोगीतामा खेल्न सक्ने भएका छन् ।
आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउनु घरेलु क्रिकेटका लागि क्रान्ती भएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउ । उहाँले घरेलु प्रतियोगिताले अन्तराष्ट्रिय स्तरमा थप महत्व र उचाई हासिल गरेकोको बताउ ।
प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र धनगढीले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले २५ लाख तथा उप विजेताले १० लाख पाउँनेछन् । यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने छ ।

कमेन्ट लोड गर्नुस