सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाली खेलकुद : पदक तालिकामा चीन पहिलो

२०७५ भदौ ५, ०८:१६

१८औं एसियाली खेलकुदको पहिलो दिन आइतबार चीन ७ स्वर्णसहित कुल १६ वटा पदक जित्दै तालिकाको पहिलो स्थानमा छ । चीनले ७ स्वर्णका अतिरिक्त पाँच रजत र चार कांश्य पदक जितेको छ ।
यसैगरी जापान तीन स्वर्ण, ६ रजत र पाँच कांश्यसहित १४ पदक जित्दै दोस्रो स्थानमा छ । उत्तर र दक्षिण कोरियाको संयुक्त टोली दुई स्वर्णसहित कुल सात पदक जित्दै तालिकाको तेस्रो स्थानमा आसिन छ । 
उक्त टोलीले तीन रजत र तीन कांस्य पदक पनि हात पारेको छ । तालिकाको चौथो स्थानमा चाइनिज ताइपेइ छ ।
 ताइपेइले एक स्वर्ण र तीन कांश्य पदक जितेको छ । यसैगरी पाँचौं स्थानमा रहेको काजकिस्तानले एक स्वर्ण, एक रजत र एक कांश्य पदक जितेको छ ।
 इरानले दुई रजत र एक कांश्य जित्दै छैटौं स्थानमा रहँदा आयोजक इन्डोनेसियाले एक स्वर्ण र एक रजत पदक पाएका छन् ।

कमेन्ट लोड गर्नुस