सुदूर नेपाललाई विश्वसँग जोड्दै

एफए कपको उपाधि चेल्सीलाई

२०७५ जेठ ६, १०:३६

म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले एफए कप  को उपाधि जितेको छ। इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो। बेलायतको राष्ट्रिय रंगशाला विम्ब्लीमा भएको खेलको २२ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो। पेनाल्टीलाई इडेन हाजार्डले गोलमा परिणत गर्दै चेल्सीलई अग्रता दिलाए। खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि म्यान्चेष्टर युनाइटेडले गोल भने फर्काउन सकेन। एलेक्सिस सान्चेजको गोलको मौका अफ साइड भएका कारण विफल भयो। यस्तै पाउल पोग्बाको दुई वटा उत्कृष्ट प्रहारलाई चेल्सीका गोल रक्षक थियाबट कट्वाले बचाएका थिए।
 

कमेन्ट लोड गर्नुस