सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय पदक विजेता रावललाई गृह जिल्लामा सम्मान

२०७४ फाल्गुन २४, ०६:१२

अन्तर्राष्ट्रिय पदक विजेता पुनम रावललाई वाजुरा जिल्लामा सम्मान भईरहेका छ । बाजुरामा जन्मिएर अन्तर्राष्ट्रिय स्तरमै जिल्लाको शिर उचो राख्ने काम गरेको भन्दै सम्मानका साथ बाजुरा स्थित स्थानीय निकाय, नागरिक समाज सरकारी तथा गैरसकारी संस्था संघ संगठनले सम्मान गरेका छन् ।

पुनमले भारतको नयाँ दिल्लीमा भएको प्रथम अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय पदक हात पारेकी थिईन । रावलले कास्य पदक जितेकी थिईन । नेपाली सेनामा कार्यरत रावल विदामा घर आएको अवसरमा जिल्लामा सम्मान भएको हो ।

पुनम जिल्लामा आएपछि बडिमालिका नगरपालिका, मालिका उच्च माबि, युवा परिषद व्याडमिन्टन संघ बाजुरा, रेडक्रस सोसाइटी बाजुरा शाखाले नगद सहित सम्मान गरेका हुन ।

देश र जिल्लाको प्रतिष्ठा उचो बढाउने खेलेको भूमिकाको कदर गर्दै दोसल्ला सहित नगद पुरस्कार दिएर सम्मान गरेको बडिमालिका नगरपालिकाकी उपमेयर कविता बिष्टले बताईन ।
पुनम वाजुराको वडिमालिका नगरपालिका ८ की स्थायी वासिन्दा हुन् ।

कमेन्ट लोड गर्नुस