सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हुने

२०७४ फाल्गुन २२, ०७:३२

अछाममा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । साफेबगर नगरपालिकाको आयोजनामा फागुन २६ गते १ लाख पुरस्कार राशिको प्रथम खुल्ला मेयर कप जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको हो ।
साफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा रहेको बडासैन खेल मैदानमा हुने प्रतियोगिताका लागि साँफेबगर नगरपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

प्रतियोगितामा प्रथम टिमले नगद १ लाख सहित कप, मेडल प्रमाणपत्र र दोस्रो हुनेले नगद २५ हजार सहित कप, मेडल र प्रमाण र प्रतियोगिताको म्यान अफ द सिरिजलाई ५ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक तथा अछाम क्रिकेट संघका सदस्य अनिल कुँवरले बताए ।

प्रतियोगितामा जिल्ला वाहिरका टिमले पनि सहभागिता जनाउन पाउने छन् भने प्रत्येक टिमले बढीमा ३ जना क्षेत्रीय प्रतियोगिता खेलेका खेलाडीलाई राख्न पाउने आयोजकले जनाएको छ ।

कमेन्ट लोड गर्नुस