सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ वर्षदेखि वन्द अछामको साँफेवगर विमानस्थलमा परिक्षण उडान सफल (अडियो रिर्पोट सहित)

२०७५ जेठ ११, ०७:०८

अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि १३ आज परिक्षण उडान गरिएको छ । अछामको साँफेवगर विमानस्थल कालोपत्रे भएपछि आज समिट एयर परिक्षण  उडान गरेको हो । नाईन  एन ए एम पि जहाजले आज  विहान १० वजेर ४० मिनेटमा सफल परिक्षण उडान गरेको हो । हुम्लाको सिमिकोटवाट अछामको साफेंवगरमा अवतरण भएको विमान त्यहाँवाट नेपालगंज पुगेको  थियो । १८ सिटे विमानलाई सिनियर पाईलट क्याप्टेन एडी शेर्पाले उडाउँदै हवाई सेवा दिनका लागि उपयुक्त रहेको ठहर गर्नुभएको छ । कालोपत्रे सम्पन्न गरिएको नियमित उडान सेवा सुरु भएमा पहाडी क्षेत्रका वासिन्दालाई राहत हुने अपेक्षा गरिएको छ । अछामको साँफेवगर विमानस्थल कालोपत्रे सम्पन्न भएपछि परिक्षण उडान गरिएको हो । विमानस्थलको कालोपत्रे, रनवे लगायत काम सम्पन्न भएपछि समिट एयरको विमानले परीक्षण भएसँगै प्रदेश नम्वर ७ को पहाडी  जिल्लामा हवाई यात्रा थप हुने आशा गरिएको छ । विमानस्थलको ५ सय ५० मिटर लम्बाई र २० मिटर चौडाई भागमा कालोपत्रे गरिएपछि परिक्षण उडान सफल भएको र अव व्यवसायिक उडानहरु भर्ने वाटो खुलेको साँफेवगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले वताए । 

तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएपछि वन्द विमानस्थल केही समय बीचमा सञ्चालनमा आएको थियो । २०६३ सालदेखि पूर्ण रूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको अवस्थामा गत आर्थिक वर्षदेखि नेपाल नागरिक उडड्यन प्राधिकरणले कालोपत्रेको योजना ल्याएपछि विमानस्थल कालोपत्रे गरिएको हो । कालोपत्रे भएसँगै अव व्यवसायिक रुपमा हवाई उडानको वाटो खुलेको छ ।  पहाडी क्षेत्रका विमानस्थल मध्ये साँफेवगर विमानस्थल विमान अवतरणका लागि सवैभन्दा उपयुक्त रहेकोले निजि विमान कम्पनीहरु उडान भर्ने पक्षमा देखिएका छन । पहाडी क्षेत्रमा पनि हवाई यात्राको सम्भावना राम्रो देखिएकोले  व्यवसायिक उडानहरु पनि सफल हुने  देखिएको साँफेवगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माको भनाई छ। 

२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेवगर विमानस्थल निरन्तर सञ्चालनमा रहेको थियो । त्यसपछिविचमा सञ्चालनमा आएर १३ वर्षदेखि वन्द विमानस्थल फेरि सञ्चालन हुने आशा पलाएको छ । परिक्षण उडानपछि समिट एयरका लगानीकर्ता समेत रहनु भएका पाईलट एडी शेर्पाले विमानस्थल एकदमै राम्रो भएको र दुई दिनमै सरकारलाई प्रतिवेदन बुझाउनु हुनेछ । त्यस उडान भन्ने विषयमा छलफल हुने समिट एयरका नेपालगंज स्टेशन म्यानेजर सरोज उप्रेतीले जानकारी  दिए । 

प्रदेश ७ को २ वटा विमानस्थल रहेको कैलाली वाहेक अछाम हो । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल वजारमा गरी दुई स्थानमा विमानस्थल छन् । विमानस्थल सूचारु भए आवतजावतमा सजिलोका साथै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्नेमा कमी आउने स्थानीयवासीहरुको भनाई छ ।  कालोपत्रे सम्पन्न गरिएको नियमित उडान सेवा सुरु भएमा पहाडी क्षेत्रका वासिन्दालाई राहत हुने अपेक्षा गरिएको अछामका व्यवसायी चन्द्रप्रकाश ढुंगानाको भनाई छ ।  
अडियो सुन्नुहोस् 

कमेन्ट लोड गर्नुस