सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरी धामको आय–व्यय विवरण गोलमाल गरेको भन्दै विरोध (भिडियो रिर्पोट)

२०७५ जेठ ६, १२:२५

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को उत्तरवेहडीमा रहेको शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम सञ्चालक समितिले महाशिवरात्री पर्व र महायज्ञको आय व्यय सार्वजनिक गरेको छ। समतिले शनिबार शिवपुरी धाममै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत शिवरात्री पर्व र महायज्ञको १९ लाख ६९ हजार बराबरको आयव्यय सार्वजनिक गरेको हो। समितीका कोषाध्यक्ष कर्ण बहादुर जप्रेलले विभिन्न माध्यमबाट १९ लाख ६९ हजार बराबर आम्दानी भएकोमा  १४ लाख ५४ हजार खर्च भएको प्रतिवेदन प्रस्तुत गरे।

यस्तै आन्तरीक लेखा प्रतिवेदनमा स–सना शिर्षकमा भएको खर्च विवरण नदेखाइएको भन्दै विरोध भएको छ। शिवपुरी उत्तररामेश्वरम ज्योतिलिङग धाम सञ्चालक समितिले सार्वजनीक गरेको आर्थिक प्रतिवेदनमा स–सानो शिर्षकको खर्च विवरण उल्लेख नगरेको भन्दै सञ्चालक समितिका सदस्यहरुबाटै विरोध भएको हो। शिवपुरी धाम सञ्चालक समितिका सदस्य धनबहादुर भण्डारीले खर्चका स–साना शिर्षक आन्तरीक लेखा प्रतिवेदनमा छुट्याइएको भन्दै आपत्ति प्रकट गरे। उनले भने, ‘थोपा थोपा मिलेर समुद्र बन्छ त्यसैगरी १÷१ रुपैयाले लाख बन्छ।’

स–सानो खर्चलाई किन समेटिएन त्यसमा हाम्रो आपत्ति हो। आर्थिक प्रतिवेदनको ४ नम्बर बुदामा संलग्न आय तथा व्यय विवरणममै स–साना शिर्षकगत खर्चहरुको पुष्टयाई दिन नपर्ने भनि उल्लेख गरिएको छ। स–साना शिर्षकका खर्च विवरणहरु आर्थिक प्रतिवेदनमा समावेश गर्न आवश्यक नभएकाले उल्लेख नगरीएको सञ्चालक समितिका कोषाध्यक्ष कर्णबहादुर जप्रेलले बताए।  त्यस्तै आर्थिक प्रतिवेदनमा उल्लेख गरीएका खर्च विवरणहरु समेत स्पष्ट नभएको आरोप लागेको छ।

अतिथि सत्कार तथा दक्षिणा खर्च शिर्षकमा ५ लाख २२ हजार, टेन्टमा २ लाख ४५ हजार, महायज्ञको प्रचार प्रसार वाफत विभिन्न एफएमहरुलाई १ लाख ६७ हजार भुक्तानी दिइएको उल्लेख छ। आन्तरीक लेखा प्रतिवेदनमा आयतर्फ दानपेटीबाट २ लाख ५६ हजार, यज्ञ सहयोग आम्दानी १० लाख ५२ हजार, सदस्यता शुल्क ६ लाख र खाद्यान्न बिक्रिबाट ३३ हजार प्राप्त भएको देखाइएको छ। आन्तरीक लेखा प्रतिवेदनमा केही क्रुटी भएकोले त्यसलाई सच्याइने शिवपुरी धाम सञ्चालक समितिका अध्यक्ष श्याम तायलले बताए। प्रतिवेदनमा महाशिवरात्री पर्व र महायज्ञको आम्दानी र खर्चलाई भिन्न भिन्न नभई एउटै तथ्याङ्कमा समावेश गरीएको छ। जसले गर्दा कुन पर्वमा कति खर्च र आम्दानी भयो भन्ने स्पष्ट विवरण छैन्।    

कमेन्ट लोड गर्नुस