सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा रात्रीकालीन र खराब मौसममा पनि हवाई सेवा दिन आठ महिना लाग्ने (अडियो रिर्पोट सहित)

२०७५ साउन २७, ०३:४७

धनगढी विमानस्थलमा आठ महिनाभित्र उपकरण जडान गरेर रात्रीकालीन र खराबम मौसममा पनि हवाई सेवा दिने तयारी गरिएको छ । लामो समयपछि जग्गा अधिग्रहण गरिएसँगै भिओआर डिएमई नामक उपकरण जडानको काम अवको आठ महिनामा सम्पन्न गराउने तयारी थालिएको हो । अधिग्रहण गरिएको जमीनमा तारवार र बाटो निर्माणको काम गरिएकोमा वर्षातमा पानी जमेर केही समय पानी रोकिएको थियो । आवश्यक थप काम गर्नका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणवाट आईतवार प्राविधिकको टोली आएपछि कामले फेरि गति लिनेछ । आधा काम सम्पन्न गरिसकेको अवस्थामा तीन महिनामा तारवारसँगै माटो भरान गरेर उपकरण जडानका लागि सवै काम सम्पन्न गर्ने लक्ष्य निर्माणको जिम्मा पाएको कम्पनीको दावी छ । 
झण्डै दुई वर्ष लगाएर जग्गा अधिग्रहण गरिएपछि धनगढी विमानस्थलमा रात्रीकालीन उडानका लागि र कम भिजिविलीटीमा पनि जहाज उडान र अवतरण गर्नका लागि उपकरण जडानको बाटो खुलेको हो । जापान सहयोग नियोग जाईकाले उपकरण जडानका लागि जापानमै निर्माणको काम जारी राखेका वेला ८ महिनाभित्रै जडान सम्पन्न गराउने तयारी भईरहेको छ । दशैंसम्ममा भिओआर डिएमई नामक उपकरण नेपाल पुगेपछि त्यसको जडानमा झण्डै दुई महिनाको समय लाग्ने देखिएको छ । सवै काम गरेर अवको आठ महिनामा धनगढी विमानस्थलवाट भिओआर डिएमई नामक उपकरण जडान सम्पन्न भएसँगै रातीको समय र खराबम मौसममा समेत विमान उडान र अवतरण गर्न सकिने सुरु गरिने नेपाल नागरिक उडड्यन प्राधिकरणका उप निर्देशक संजीव सिह कडायतले बताए । जग्गा अधिग्रहण भएपछि धनगढी विमानस्थलमा रात्रीकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डिएमई जडान गरिनेछ । बिमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडान भएपछि दिउसो सामान्य तुवालोमा पनि विमान उडान र अवतरण गर्न सकिने छ भने एप्रोच लाईट जडान भएसँगै रात्रीकालीन अवतरण र उडान भर्न सकिने छ । 

अहिले आँखाले ५ किलोमिटर दुरीसम्म देखिएपछि मात्रै जहाज अवतरण हुन्छ भने भिओर डिएमई जडान भएपनि १६ सय मिटरको भिजिविलिटीमा जहाज अवतरण गर्न सकिने छ । दुई जना वाहेक जग्गाधनीहरुले मुआव्जा वुझेपछि अधिग्रहण गरिएको जग्गाको संरक्षणको काम सुरु गरिएको थियो तर विचमा वर्षात भएका कारण केही समय निर्माणको काम रोकिएकोमा त्यो पनि सुरु हुने तयारीमा रहेको छ । अधिग्रहण गरिएको जग्गा तारवार, वाटो निर्माण गर्दै ग्राबेल हालिएपछि अव जमीनको पानी वगाएर सतह सम्माउने र उपकरण राख्ने स्थानहरुको निर्माणको काम केही दिनमा सुरु हुने तयारीमा रहेको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणवाट ईन्जिनियर र सुपरभाईजर लगायतका प्राविधिकहरु आईतवार धनगढी पुगेपछि वाँकी रहेको कामले गति लिने नेपाल नागरिक उडड्यन प्राधिकरण धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्लाले बताए । 

नेपाल नागरिक उडड्यन प्राधिकरणले अधिग्रहण गरिएको जग्गाको तारवार ग्राबेल र वाटो निर्माणका लागि टेण्डर आव्हान गरेपछि गत आर्थिक वर्षदेखि निर्माणको काम सुरु गरिएको थियो । केही महिना तारवार, वाटो निर्माणको काम सम्पन्न भएपछि अव जमीनको तह मिलाउने र उपकरण राखिने स्थानहरु निर्माणको काम हुनेछ । वाँकी रहेको काम तीन महिनामा सम्पन्न गर्ने निर्माणको जिम्मा पाउनुभएका निर्माण व्यवसायी हरिप्रसाद भट्टले बताए । 

 

कमेन्ट लोड गर्नुस