सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चिसापानी हुँदै राजकाँडासम्म केवलकार सञ्चालनको तयारी (भिडियो सहित)

स्टेशनका लागि जग्गा  खरिद प्रक्रिया अगाडी वढ्यो

२०७५ जेठ ११, ०५:०३

राजनितिकदलका नेताहरुले विभिन्न स्थानमा केवलकार सञ्चालन गर्ने आश्वासन दिएका वेला प्रदेश  नम्वर ७ मा निजि क्षेत्रवाट केवलकार सञ्चालन हुने भएको छ। कैलालीको चिसापानी हुँदै राजकाँडासम्म केवलकार सञ्चालन हुने भएको हो। नेपालमा केवलकार सञ्चालन गर्दै आउनु भएका चन्द्र ढकाल सहितको लगानीमा प्रदेश नम्वर ७ मा पहिलो केवलकार सञ्चालनको तयारी थालिएको हो। केवलकार सञ्चालनकालागि  आवश्यक प्रक्रिया अगाडी वढाउन लागिरहेको लगानीहरुले जनाएका छन। ३ दशमलव २ किलोमिटर दुरीको केवलकारा निजि क्षेत्रवाट  सञ्चालनको तयारी थालिएको छ ।

जल्पादेवी केवलकार चिसापानी–राजकाँडा कम्पनी दर्ता पछि स्टेशन राख्नका लागि जग्गा खरिद प्रक्रिया पनि  अगाडी  वढेको छ।  केवलकार सञ्चालनका लागि अवको एक सातामा जग्गा कम्पनीको नाममा पास हुने सञ्चालकहरुले जनाएका छन। केवलकार अवको चार वर्षसम्म  सञ्चालनमा ल्याउने तयारी गरिएको लगानीकर्तामध्येका एक जना सुर्यवहादुर थापाले बताए। प्रारम्भीक अध्ययनपछि वातावरणीय प्रभाव मुल्याकंनको काम पनि जग्गा पास लगत्तै सुरु गरिने  भएको छ। ढाई अर्वको लगानी रहने केवलकारमा ६० प्रतिशत ठुला लगानीकर्ता र ४० प्रतिशत कैलालीका लगानीकर्ताहरुले लगानी गर्नेछन।

त्यसका लागि ठुला लगानीकर्ताको नेतृत्व विभिन्न स्थानमा केवलकार सञ्चालन गरेका चन्द्र ढकालले गरेका छन् भने, कैलालीका लगानीकर्ताको नेतृत्व जिल्ला समन्वय समितीका सभापति समेत रहेका सुर्यवहादुर थापाले गरेका छन। सम्भाव्यता अध्ययनपछि पर्यटकीय क्षेत्र चिसापानी हुँदै राजकाडासम्म केवलकार  सञ्चालनका लागि आवश्यक  प्रक्रिया अगाडी वढाएर जतिसक्दो चाडो निर्माणको काम सुरु गर्ने थापाले बताए। सुर्योदय र सुर्यास्तको सुन्दर दृश्य देखिने राजँकाडासम्म पर्यटकीय क्षेत्र चिसापानी हुँदै केवलकार सञ्चालनसँगै त्यहाँ होम स्टेलाई पनि सञ्चालनमा ल्याउने  योजना  लगानीकर्ताहरुको रहेको छ। 

 

कमेन्ट लोड गर्नुस