सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका किसान परम्परागत कृषि प्रणालीकै भरमा खेती गर्दै

२०७४ चैत्र ३, ११:३८

धनगढी उपमहानगरपालिका ५ तारानगरका प्रेम चौधरीले करिब २ बिघा जमिनमा गँहु बाली लगाउनुभएको छ । चौधरीले बारीमा गँहु लगाउदा र काट्दा ज्यालामा मजदुर लगाउदै आउनुभएको छ ।
चौधरीले कँहिले कँही ट्रयाक्टर र गँहु काट्ने मेसिन भाँडामा लिएर प्रयोग गरेपनि आर्थिक समस्याले आफ्नै औजार भने खरिद गर्न सक्नुभएको छैन् भने सरकारबाट पाईने अनुदान समेत पाउनुभएको छैन् ।

कृषिमा आधुनिकिरणको नारा लागिरहेका बेला अन्नको भण्डारको रुपमा चिनिने कैलाली र कञ्चनपुरका किसानहरु अहिले पनि परम्परागत खेती प्रणालीमा नै सिमित भएका हुन् ।
आधुनिक खेती प्रणालीमा यहाँका किसानको पहुच नपुग्दा यहाँका किसानले लागत अनुसारको उत्पादन लिन सकिरहेका छैनन ।

पछिल्लो समय कृषि क्षेत्रमा भइरहेको आधुनिकिरण र यान्त्रिकीकरणले कैलालीका केही कृषकलाई छोए पनि ग्रामीण क्षेत्रका कृषकले भने अझै कृषिजन्य यन्त्र, उपकरणको प्रयोग गर्न सकेका छैन्न ।
कैलालीको जोशीपुर गाँउपालिका ३ का किसान प्रेम चौधरीले आर्थिक रुपले केही सम्पन्न कृषकहरुले आधुनिक औजार खरिद गरेको भएपनि धेरैले अझै परम्परागत रुपमा कृषि व्यावसाय गर्दै आएको बताए ।

उनले भने, ‘धेरैले अहिले पनि मजदुर लगाएर खेती गर्ने गरेका छन्, सरकारबाट पाईने अनुदान मिलेका छैन्, यसले उत्पादन लागत बढिरहेको छ ।’
तर, साविकको पवेरा गाविसका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्राप्त भएको ५० प्रतिशत अनुदानमा रकम थपेर खेत जोत्ने र बाली काट्ने ५० वटा पावर टिलर र धान गँहु काट्ने रिपर मेसिन खरिद गरेका छन् ।

त्यसले खेती गर्न सहज भएपनि सबैले पालैपालो प्रयोग गर्नुपर्ने हुदा केही झन्झटीलो समेत भएको गौरव धान ब्लक समुहकी संयोजक तथा स्थानीय किसान रमा चौधरीले बताईन् ।
जिल्ला कृषि विकास कार्यालयले कृषि औजार तथा यन्त्र उपकरणमा किसानलाई ५० प्रतिशत अनुदान दिदै आए पनि धेरै स्थानका कृषक सम्म ती अनुदानका कार्यक्रम पुगेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्न सकिएमा कम लागतमै मनग्य उत्पादन गर्न र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए ।
यस अघि जिल्ला कृषि विकास कार्यालय मार्फत बितरण हुने अनुदानका धेरै कार्यक्रमहरु अहिले स्थानिय तहमा गएका छन् ।

कमेन्ट लोड गर्नुस