सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलको मरुभुमीमा कृषि क्रान्तिको ज्ञान लिएर फर्किएका प्रदेश ७ का युवाहरुले कृषिमा भविष्य देखेनन्

२०७५ साउन २६, ०७:०१

इजरायलको मरुभुमीमा कृषि क्रान्तिको ज्ञान लिएर फर्किएका प्रदेश नम्वर ७ का ९४ जना युवाहरु कृषिमै भविष्य खोज्न असफल भएका छन् । साना किसान कृषि सहकारी सस्थाले प्रदेश नम्वर ७ का ९ वटै जिल्लाबाट अहिले सम्म ९४ जनालाई इजरायलको कृषि क्रान्ति सिक्न पठाएको थियो ।

९४ जना नै फर्किएर आईसकेका छन तर इजरायलको कृषि प्रविधिलाई आफ्नो क्षेत्रमा भित्रयाउने प्रयास भने गर्न नसकेका हुन् । ईजरायलको प्रविधि भित्रयाउने प्रयास गरेका २÷४ जना पनि लगानीको बाताबतरण नपाएको भन्दै अन्य पेशामा सक्रिय भएका छन् । 
इजरायलमा गएर नयाँ र उन्नत कृषि प्रविधि, रोग तथा किराको व्यवस्थापन, माटोको अबस्था, कृषि फर्मको व्यवस्थापन, साना तथा थोपा सिँचाई प्रविधि लगायत विविधि बिषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्ने मौका पाएका युवाहरुले आफ्नो क्षेत्रमा सोही प्रविधि भित्रयाउने आँट नगरेका हुन् ।

इजरायलमा रहँदा कृषि क्रान्तिको पाठ सिक्दा धेरैलले सामुहिक रुपमा कृषि पेशामा सक्रिय हुने योजना पनि बनाए तर स्वदेश फर्कीएपछि सबै तितरवितर भएका छन् । अहिले कोहि रोजागरीका लागि विदेशीएका छन त अधिकासंले कृषि बाहेकका पेशामा भविष्य खोजिरहेका छन् ।

ईजरायलबाट ११ महिना कृर्षी प्रशिक्षार्थीको बसाईपछि एक बर्ष अगाडी घर फर्किएकी धनगढीकी ममता बस्नेतले नेपाल फर्किर लगानीको वातावरण नै नभएको बताईन् । इजरायलमा उन्नत र नयाँ कृषि प्रविधि सिक्दै उक्त सीप अनुसार आफ्नै क्षेत्रमा व्यवसायीक कृषि भित्रयाउने लक्ष्यका साथ ईजरायल पुगेपनि फर्किएपछि सवैले वेवास्ता गरेको उनको भनाई छ ।

प्रदेश नम्वर ७ बाहीरबाट ईजरायल पुगेका किसानहरुले भने सामुहिक रुपमा व्यवसायीक कृषि गरिरहेका बेला यस क्षेत्रबाट इजरायको कृषि प्रविधि सिकेकाले त्यसमा खासै चाँसो देखाएका छैनन । ईजरायलबाट फर्किएर तुरुन्तै कृषिमा सक्रिय भएका २÷४ जना पनि अहिले पलायन भएका छन् ।

इजरायलबाटै फर्किएका कैलाली अत्तरीयाका गोपाल सुवेदीले पनि लगानीको माहोल नै नभएको बताए । लगातार युद्दको चपेटामा परिरहेने देश इजरायलको कृषि प्रणाली संसारभर नै प्रशिद्द छ । इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी जमिन मरुभुमी छ । अर्को तर्फ कृषि क्षेत्रको लागि आबश्यक पर्ने महत्वपूर्ण स्रोत पानीको पनि निकै अभाब छ ।

तरपनी सिमित साधन र स्रोतको अधिकत्तम फाईदा लिदै उच्च कृषि उत्पादन लिन सक्ने त्यहाको कृषि प्रबिधि चमत्कारीक छ । त्यहि कृर्षी प्रविधि सिकेर फर्किएका प्रदेश नम्वर ७ का युवाहरु भने आफ्नो सिपलाई लुकाएर बसिरहेका छन् । प्रदेश ७ बाट कृषि प्रशिक्षार्थिको रुपमा युवाहरुलाई ईजरायल पठाउदै आएको साना किसान कृषि सहकारी सस्था गेटाका मुख्य प्रवन्धक नृप खड्काले इजरायलको कृषि प्रविधि सिकेर फर्किएका कसैले पनि व्यवसायीक कृषि पेशा रोज्न नसकेको बताए । 
इजरायलको मरुभुमीमा गरीएको प्रगतीले नेपालमै व्यवसायिक कृषि व्यवसाय गरेर मनग्गे आम्दानी गर्न सकिने विश्वास प्रशिक्षार्थी कामदारमा पलाउने गरेको छ तर नेपाल फर्किएपछि भने सवैले वेवास्ता गरिदिने गरेका उनले बताए । अहिले सम्म ९४ जनाल इजरायलको कृषि प्रविधि सिकेर फर्किसकेको अवस्थामा यहि भदौमा थप ३७ जना युवा किसानहरुलाई चौथो पटक इजरायल पठाउने तयारी भईरहेको छ ।

इजरायलको प्रविधि नेपालमा भित्राउने लक्ष्यका साथ पठाईदै आएका युवाहरु फर्कीएर अन्य पेशामै सक्रिय हुन थालेपछि, ईजरायल सरकारले पनि नेपालको कोटा घटाउदै लैजाने संकेत देखाएको छ । यो बर्षदेखि भने ईजरायल पठाउन पुर्व अनिवार्य रुपमा फर्किएर कृषि पेशामा सक्रिय हुनै पर्ने सम्झौता गरिएको साना किसान कृषि सहकारी सस्था गेटाका मुख्य प्रवन्धक खड्काले बताए । 
नेपालको अन्य क्षेत्रबाट पहिलेदेखी नै कृर्षी प्रशिक्षार्थीका रुपमा ईजरायल लैजाने गरिएपनि प्रदेश ७ का किसानहरुले भने झण्डै तीन बर्ष अगाडी मात्रै पहिलो पटक ईजरायल जाने मौका पाएका थिए । 

अडियो रिर्पोट :

 

कमेन्ट लोड गर्नुस