सुदूर नेपाललाई विश्वसँग जोड्दै

लघुवित्त संस्थालाई काम नगर्न निर्देशन

२०७४ फाल्गुन २३, ०५:१३

वाजुराको गौमुल गाउँपालिकाले गाँउपालिकामा कार्यरत लघु वित्तहरुलाई बन्द गर्न निर्देशन दिएको छ । माइक्रो फाईनान्स, निर्धन उत्थान विकास बैंक र डिप्रोस लघुवित्त बैंकलाई काम नगर्न निर्देशन दिएको गाँउपालिकाका अध्यक्ष हरि रोकायाले वताए । ‘कार्यपालिकाको निर्णय पछि उनीहरुलाई काम नर्गन पत्र पठाईएको छ– अध्यक्ष रोकायाले भने ।

तीन वटा लघु वित्तहरुलाई पठाईएको पत्रमा ‘गाउँ सभाबाट स्थानीय सहकारीलाई मात्र बढवा दिने निर्णय भएकोले रोक्न लागेको उल्लेख गरिएको छ । वैंक तथा फाईनान्सहरुको यस गाउँपालिकाको जुनसुकै वडाहरुमा समूह गठन भई वित्तीय कारोवार संचालनमा छन् भने एक महिना भित्र कारोवार बन्द गरी समूहका सदस्यको रकम फिर्ता गरेर सो को जानकारी गाँउपालिकामा खबर गर्न निर्देशन लघु वित्तलाई दिईएको पत्रमा लेखिएको छ ।

समूह बनाउने र सोझा साझा जनतालाई घुमाउरो पाराले बढी ब्याज लिएको पाइएकाले रोक्न लगाएको गाँउपालिकाका उपाध्यक्ष सिता थापाले वताईन् । ‘वार्षिक २४ प्रतिशतसम्म ब्याज लिएको देखिएको उनले भनिन्– गाँउपालिकामा समन्वय नगरी मनोमानी तरिकाले काम गर्दै आएकोले रोक्नु परेको हो ।

कमेन्ट लोड गर्नुस