सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्याजदर घटाउन कैलाली च्याम्बरको माग (भिडियो सहित)

२०७५ साउन २७, ०६:४७

कैलाली च्याम्बर अफ कमर्स र गोदावारी च्याम्बर अफ कमर्सले संयुक्त रुपमा बैँङ्कको व्याजदर घटाउन माग गरेका छन । नेपाल राष्ट्र बैँङ्क क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रवन्धक किरण पण्डितलाई आज ज्ञापन पत्र बुझाउँदै दुवै चेम्वर्सका पदाधिकारीहरुले व्याजदर घटाउन माग गरेका हुन् । कैलाली च्याम्बर अफ कमर्सको नेतृत्वमा बुझाईएको ज्ञापन पत्रमा भर्खरै नेपाल राष्ट्र बैँङ्कबाट जारी गरिएको मौद्रिक नितिले पूँजी बजारमा बढ्दै गएको तरलता अभावका कारणले  व्याजदरमा भएको वृद्धिले लागत बढाएको, लगानी योग्य पूँजीको अभाव भएको, भारतीय मुद्रामा ऋण लिन पाउने सुविधा देखि पूर्नकर्जा कोषमा समेत ठूलो वृद्धि गरिएकोले तरलता सहज भएकोले व्इाजदर घटाउन माग गरिएको छ ।  


महंगो व्याजदरका कारण उद्योग तथा व्यवसायीहरुको लागतमा वृद्धि, नयाँ लगानीको वातावरण नहुनु जस्ता कारणहरुले अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परिरहेको सन्दर्भमा मौद्रिक नीतिले व्याजदर घटाई अर्थ व्यवस्थालाई चलायमान बनाउने नीति जारी भएको १ महिना हुन लाग्दा पनि प्रदेश नं। ७ मा बैँङ्कहरुले व्याजदर नघटाएको हुँदा मौद्रिक नीतिको मर्म अनुरुप अर्थव्यवस्थामा सुधार हुन नसक्ने हुदा व्याजदर कटौती गर्न बैँङ्कहरुलाई निर्देशन गर्न नेपाल राष्ट्र बैँङ्कलाई आग्रह गरिएको कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष मोहन राज शर्माले बताए ।
 
कमेन्ट लोड गर्नुस