सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्वर ७ का ५४ वटा स्थानीय तह अझै वैंक विहीन

२०७४ फाल्गुन २८, ०३:५१

प्रदेश नम्वर ७ का ८८ वटा स्थानीय तहमध्ये ५४ वटा स्थानीय तहमा अझै वैंकहरु पुग्न सकेका छैनन् । सवै स्थानीय तहमा वाणिज्य वैंक पुराउने योजना सरकारले अघि सारेपनि प्रदेश नम्वर ७ का ३४ वटा स्थानीय तहमा मात्रै वैंकहरु पुगेको नेपाल राष्ट्र वैंकको तथ्यांक रहेको छ ।

कतिपय स्थानीय तहमा पुर्वाधार नभएकोले वैंकहरु जान अनच्छिुक देखिएका छन । स्थानीय तहमा वैंकहरु पुग्न नसकेका कारण वैंकिङ कारोवारको लागि अन्यत्र स्थानीय तहमा भएका वैंकहरुमा जानुपर्ने वाध्यता रहेको छ ।

सबै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउने सरकारको योजना अघिल्लो आर्षिक वर्षदेखि सुरु भएको भएपनि यो पुरा हुन अझै समय लाग्ने भएको छ । प्रदेश नम्वर ७ मा रहेका ८८ वटा स्थानीय तहमध्ये आधाभन्दा वढी तहहरुमा वाणिज्य वैंकको पहुँच पुग्न सकेको छैनन् ।

प्रदेश नम्वर ७ का कपितय स्थानीय तहमा तत्कालै शाखा स्थापना गर्न नसक्ने वाणिज्य वैंकहरुले वताएपछि थप स्थानीय तहमा शाखा विस्तार हुन समस्या भएको नेपाल राष्ट्र वैंक अनुन्धान विभागका निर्देशक डाक्टर गुणाकर भट्टले वताए ।

अधिकांश स्थानीय तहमा सडक, बिजुली, टेलिफोन, सुरक्षा लगायत आधारभूत पूर्वाधार नपुगेकाले बैंक शाखा स्थापना गर्न सम्भव नभएको नेपाल बैंकर्स संघले जनाएको छ । यसबारे राष्ट्र बैंक मार्फत सरकारलाई जानकारी दिइसकेको छ । कपितय तहहरुमा भने वैंकहरु नै जान अनिच्छुक देखिएको वैंकर्स क्लव धनगढीका अध्यक्ष टेकराज भट्टको भनाई छ ।

प्रदेश नम्वर ७ का ३४ वटा स्थानीय तहमा मात्रै वाणिज्य वैंकहरु पुगेका छन । ५४ वटा स्थानीय तहहरु वैंक विहीन रहेका छन । आवश्यक अन्य पुर्वाधार नहुँदा पनि वैंकहरु ग्रामीण र दुर्गम क्षेत्रमा जान तयार देखिएका छैनन् ।

काठमाण्डौ उपत्यका तीन जिल्लामा एउटा शाखा खोल्नका लागि कम्तिमा दुई वटा स्थानीय तहमा शाखा खोल्नुपर्ने प्रावधान नेपाल राष्ट्र वैंकले ल्याएपनि वैंकहरु शाखा खोल्न आनाकानी गरिरहेको नेपाल राष्ट्र वैंक धनगढीका उपनिर्देशक दिर्घ रावलले वताए ।

यस अघि शाखा खोल्न प्रस्ताव भएर पनि अहिले बैंकहरू जान नमानेका ८ तहमध्ये अछामको बन्निगढी जयगढ, बझाङको केदारस्यु, दार्चुलाको लेकाम, डोटीको आदर्श गाउँपालिका गरी ४ वटा स्थानीय तह प्रदेश नम्वर ७ मै रहेका छन ।

यो वाहेक कैलाली कञ्चनपुर र पहाडी जिल्लाका ठुला वजार तथा सदरमुकाम कन्द्रित वैंकहरु ग्रामीण भेगमा जान पुर्वाधार र सुरक्षाको कुरा उठाईरहेका छन् ।

कमेन्ट लोड गर्नुस