सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पनि खुल्यो गण्डकी विकास बैँक

२०७५ जेठ ७, १०:४९

गण्डकी विकास बैँक लिमिटेडले धनगढीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैँकले ५९ औँ शाखाका रुपमा सोमबार देखि धनगढीमा कार्यालय सञ्चालन गरेको हो । सोमबार प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बैँकको शाखा कार्यालयको उद्घाटन गरे।  उद्घाटन पछि मुख्यमन्त्री भट्टले बैँक तथा वित्तिय संस्थाको विस्तार हुनु राम्रो कुरा भएको बताए। उनले प्रदेश ७ का ८८ वटा तहमध्ये अधिकांशमा अझै पनि बैँकको उपस्थित नरहेको भन्दै त्यसका लागि प्रदेश सरकारले आवश्यक पहल थाल्ने बताए। स्थानीय तहमा बैँकका शाखा विस्तार गर्न विभिन्न खालका जटिलता समेत रहेको मुख्यमन्त्री भट्टको भनाई थियो। यस्तै गण्डकी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले सुदूरपश्चिम र मध्यपश्चिम अझै पनि बैङ्किङ पहुच भन्दा बाहिर रहेकाले यहाँका प्रत्येक नागरिक सम्म बैँङकको पहुँच पु¥याउन धनगढीमा शाखा विस्तार गरिएको बताए। पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैँकले यसअघि देशका ५८ स्थानमा शाखा संचालनमा ल्याईसकेको छ। 
    
 

कमेन्ट लोड गर्नुस