सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनी तस्करीबाट वार्षिक ३० करोड राजस्व गुम्दै

२०७४ चैत्र ५, ०१:३३

सरकारले गरेको एक अध्ययन अनुसार प्रदेश ७ मा एक व्यक्तीले वार्षिक ४ किलो नुन र ७ किलो चिनी खाने गरेको छन । प्रदेशका झण्डैै २८ लाख जनसंख्यालाई एक वर्षमा २ लाख क्वीन्टल चिनी आवश्यक पर्ने साल्टट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए । तर कैलाली र कञ्चनपुरका सीमा नाकाबाट वार्षिक एक लाख ६५ हजार क्वीन्टल चिनी तस्करी भएर आईरहेको छ । प्रदेश नम्वर ७ मा वार्षिक २ लाख क्वीन्टल चिनीको माग हुने गरेकोमा भन्सारको वाटो हुँदै ३० हजार क्वीन्टल मात्रै आउने गरेको छ भने यहाँका चिनी मिलले मागको झण्डै ३ प्रतिशत मात्रै यो क्षेत्रमा विक्री गर्ने गरेका छन । अथात् ५ हजार क्वीन्टल चिनी यहाँको वजारमा जाँदा भन्सारको वाटो भएर एक वर्षमा ३० हजार क्वीन्टल मात्रै आउने गरेको छ । एक लाख ६५ हजार क्वीन्टल चिनी तस्करी भएर भारतवाट आउने गरेको हो । प्रदेशका वासिन्दालाई चाहिने मागको ८२ प्रतिशत चिनी चोरी तस्करी हुँदै आईरहेको छ । कञ्चनपुरमा रहेका दुई चिनी मिलले उत्पादन गरेको चिनी अधिकांश देशका अन्य क्षेत्रमा पठाउने सञ्चालकहरु वताउँछन । कैलाली भन्सार कार्यालयका अनुसार माग वर्षेनी वढ्दै चिनीवाट आउने राजश्व वढ्न सकेको छैनन । वर्षमा अधिकतम् २८ हजार क्वीन्टल चिनी भन्सार नाका भएर आउने गरेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए । कञ्चनपुरको गड्डाचौकी नाका भएर अघिल्लो वर्षमा २ हजार क्वीन्टल चिनी आयात भएको छ । दुवै नाकावाट झण्डै झण्डै ३० हजार क्वीन्टल चिनी आयत हुँदा वर्षमा एक लाख ६५ हजार क्वीन्टल तस्करी भएर नेपाल आउने गरेको हो । चिनी आयात गर्दा प्रति किलोमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मुल्य अभिवृद्धि कर गरी २८ प्रतिशत राजश्व प्राप्त हुने गरेको छ । महँगो भन्सार शुल्का कारण चिनी तस्करीले वार्षिक ३० करोड वढी राजश्व गुमिरहेको छ । खुला सीमानाकाको कारणले चीनि तस्करी रोक्न नसकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपिकृष्ण उप्रेतीले जनाए । महङगो भन्सार शुल्कका कारण सीमा नाकावाट चिनीको चोरी तस्करी वढेको हो । महँङगो भन्सार शुल्का कारण तस्करी वढेकोले करभन्दा पनि करको दायरा वढाउनतिर ध्यान दिन सकेमा यसले तस्करी रोकिनुका साथै गुमिरहेको करौडौ राजश्व पनि बढ्ने सुझाव धेरैले दिएका छन् ।

कमेन्ट लोड गर्नुस