सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मी वढ्दै गएपछि जुस व्यवसाय फस्टायो

२०७५ जेठ ६, ०६:२१

कैलाली कञ्चनपुरमा अत्यधिक गर्मी सुरु भएको छ। बढ्दो गर्मीसँगै चिसो पेयदार्थ आईसक्रिम र उखुको जुस खानेको भीड बजारमा बढ्न थालेको छ। उपभोक्ता बढेपछि प्रदेश नम्वर ७ का दुई जिल्लाका विभिन्न वजारहरुमा हाते मेसिनबाट जुस बनाउने व्यवसाय फष्टाएको छ भने वजारका विभिन्न ठेलाहरुमा चिसो पेय पदार्थ र आईक्रिम वेच्नेहरु पनि ठाउँ ठाउँमा वढिरहेका छन्। बिहानैदेखि बजारमा जुस पिउने सर्वसाधरणको भीड देखिन थालेको छ । गर्मीबाट राहत मिल्नभएकोले जुस पिउने उपभोक्ता बढ्दै गएका हुन्।

धनगढीमा उखुको जुस वेच्दै आउनु भएकी आरती वर्मा जुस वेचेर नै दिनमा ३ हजारसम्म आम्दानी गरिरहेको वताउछिन्। उखुको जुसको मुख्य प्रति गिलास २० रुपैया रहेको छ। गर्मीको समयमा मात्रै फस्टाउने उखुको जुस व्यापारवाट लाखौ रुपैयासम्म आम्दानी हुने गरेको  छ । यसको कमाईले घरपरिवारको जनजीविका चलाउनुका साथै छोराछोरीलाई शिक्षादिक्षा दिन सकिएको उनको भनाई छ। उखुको जुससँगै चिसो पेयपदार्थको विक्री वितरण वढेको छ भने विभिन्न स्वादमा पाईने आईसक्रिम  खानेहरु पनि वढेका छन। विभिन्न  कम्पनीहरुले उत्पादन गरिरहेका आईसक्रिमका ठेलाहरु वजारका चोक चोकमा राखेर विक्री वितरण भईरहेको छ । आईसक्रिमको व्यापार पनि वढेसँगै यसवाट पनि राम्रै आम्दानी भईरहेको आईसक्रिम वेच्दै आउनु भएका धनगढीको सन्तोषी टोलका हिमान्सु जेस्वालले बताए। मौसमी व्यापार मौसममा आधारित भएपनि यसवाटै राम्रै आम्दानी भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस