सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक राजश्व कार्यालयको टीकापुरमा अनुगमन

२०७५ जेठ ४, ०६:४७

आन्तरिक राजश्व कार्यालय धनगढीले टीकापुर बजारमा अनुगमन गरेको छ । राजश्व अनुगमन टोलीले शुभ ट्रेड लिङ्कको कागजात नियन्त्रणमा लिएको छ । राजश्वमा छलीको आशंकामा छानविनको लागि कागज नियन्त्रणमा लिएको हो । अनुगमनमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई व्यवसायीले समाचार नलेख्न धम्की दिएका छन् । अनुगमनको रिपोटिङ्गको लागि पुगेको पत्रकारलाई व्यवसायीले दाँत देखाउन मात्र आएको भन्दै पसलमा अनुगमन गरेको समाचार आवश्यक नरहेको र पसलको आन्तरिक कुरा बाहिर ल्याउन नमिल्ने भन्दै समाचार लेखे राम्रो नहुने धम्की दिएका हुन । उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष पर्शु चपाईले अनुगमनले व्यवसायीलाई तनाव हुने बताए । 
 

कमेन्ट लोड गर्नुस