सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्री बोहोराको दावी, विलासी मोटरसाइकलमा मात्र कर बृद्धि (भिडियो सहित )

चौतर्फी आलोचनापछि प्रदेश सरकारले मुख खोल्य

२०७५ साउन २२, ०७:२८

मोटरसाइकलको कर अन्य प्रदेशको भन्दा दोब्बरले बृद्धि गरेको भन्दै चौतर्फ विरोध भएपछि प्रदेश ७ को सरकारले मुख खोलेको छ । प्रदेश ७ का अर्थमन्त्री झपट बोहोरा ले सर्वसाधारणलाई मर्का नपर्ने गरी मोटरसाईलमा कर लगाईएको बताएका छन् । सोमबार धनगढीमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै मन्त्री बोहोराले नेपाली जनताले चढ्ने खालको एक सय ५० सिसि सम्मको मोटरसाईकलमा कर नबढाइएको भन्दै त्यसन्दा माथिका विलासी मोटरसाईलमा मात्र कर बढाइएको बताए । उनले एक सय ५० सिसि भन्दा माथिको मोटरसाईकल चलाउनेहरु विलासी भएकाले कर पनि बृद्धि गरिएको बताए । प्रदेश ७ को सरकारले अन्य प्रदेशको तुलनामा मोटरसाइकलको कर दोब्बर बृद्धि गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ । सरकारले एक सय २५ सिसिको मोटरसाइकलमा वार्षिक २५ सय कर लगाएपनि एक सय ५१ देखी दुई सय ५० सम्म ८ हजार, दुई सय ५१ देखी चार सय सम्मको १६ हजार र ४ सय सिसि भन्दा माथिको मोटरसाईकलमा ३० हजार कर तोकेको छ । जुन अन्य प्रदेशको तुलनामा दोब्बरले बढि हो ।   

कमेन्ट लोड गर्नुस