सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्युबाः विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

२०७५ जेठ ५, ११:१०

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै भएको विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन्। हवानाको होसे मार्टी विमानस्थलबाट उड्ने बित्तिकै बोइङ ७३७ मा समस्या देखिएको थियो। त्यो नजिकैको खेतमा जोतिएको थियो। उद्धार कार्यमा तत्कालै स्थानीयवासिन्दा र आपत्कालीन अधिकारीहरू परिचालित भएका थिए।

विमानमा १०४ यात्रु र मेक्सिकोका पाँचजना चालक दलका सदस्य सवार थिए। उनीहरूमध्ये लगभग सबैजसोले ज्यान गुमाएका छन् भने जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था पनि गम्भीर भएको बताइएको छ। मेक्सिकोको विमान एउटा कम्पनीबाट भाडामा लिएर क्युबाको सरकारी ध्वाजावाहकले उक्त विमान सञ्चालन गरिरहेको थियो। उक्त विमान देशको पूर्वमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो। क्युबाका राष्ट्रपति मिगेल डिआस कनेलले दुर्घटना भएको क्षेत्रको भ्रमण गरी समवेदना व्यक्त गरेका छन् र आपत्कालीन उद्धारमा खटिने मानिसहरूको प्रशंसा गरेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्।
https://bbc.com/nepaliबाट
 

कमेन्ट लोड गर्नुस